ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपको उद्घाटन: आयोजक रसिया र साउदी अरेबियाबीच हुने खेलसँगै विश्वकपको विधिवत सुरुवात


एबीसी न्यूज

Nepal Live

मस्को–  मारियो गोट्जेले थप समयमा गोल गरेर जर्मनीलाई २०औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि दिलाएको १ हजार ४ सय ३२ दिनपछि २१औं संस्करणको विश्वकप सुरु हुँदैछ।

अाज नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा मस्कोस्थित लुज्निकी रंगशालामा आयोजक रसिया र साउदी अरेबियाबीच हुने खेलसँगै विश्वकपको विधिवत सुरुवात हुनेछ।

रसियाले पछिल्ला ७ खेलमा जित निकाल्न सकेको छैन। गत अक्टोबरमा दक्षिण कोरियालाई हराएपछि खेलिएका ७ मैत्रीपूर्ण खेलमा रसियाले जित निकाल्न नसकेको हो। यस्तै साउदी अरेबिया पनि पछिल्ला ३ खेलमा लगातार पराजित भएको छ। यद्यपी साउदीले खेलेका प्रतिद्वन्द्वी बलिया थिए। साउदीलाई पछिल्ला ३ मैत्रीपूर्ण खेलमा इटाली, पेरु र विश्वकपको साविक विजेता जर्मनीले पराजित गरेका थिए।

त्यसैले दुवै टिमका लागि बिहीबार पछिल्ला खेलमा बेहोरेको खराब नतिजा बिर्सने एउटा सुन्दर अवसर हुनेछ। रसियाले २००२ काे विश्वकपपछि खेलेका विश्वकपका सवै खेल गुमाएको छ। साउदीले सन् १९९४ मा अमेरिकालाई हराए यता विश्वकपमा जित हात पार्न सकेको छैन।

पछिल्लो समय खराब लयमा रहेको रसियाका लागि उद्‌घाटन खेलमा जित निकाल्ने अवसर छ। किनकी उसले समान स्तरको टिमसँग प्रतिस्पर्धा गर्दैछ।

यता साउदी अरेबियाले केहि बलिया टिममाथि धावा बोलेको इतिहास छ। सुरुवातको १० मिनेटमा साउदीले रसियालाई रोकेर खेल बुझेर अघि बढ्ने रणनीति बनाउने विश्लेषण गरिएको छ।

रसिया र साउदी अरेबिया विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन्। विश्वकप फुटबलको इतिहासमा उद्घाटन खेलमा कुनै पनि आयोजक टिम पराजित भएका छैनन्। २१ संस्करणका २२ आयोजक टिममध्ये १५ टिमले पहिलो खेलमा जित हात पारेका छन्। यस्तै ६ टिम बराबरीमा रोकिएका छन्। रसियाले इतिहास दोहोर्‍याउला वा खराब इतिहास राख्ला त्यो हेर्न बिहीबार रातिसम्म कुर्नुपर्ने हुन्छ।

 

समूह ए

रसिया भर्सेस साउदी अरेबिया 

समय – जेठ ३१,  राति ८:४५ 

स्थान – लुज्निकी रंगशाला, मस्को

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com