ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३८ सय किलो सुन तस्करी प्रकरण : प्रतिवादी शाक्यका तीन पसलबाट ५० करोड बढी सुनचाँदी बरामद , बरामद सुनचाँदी के हुन्छ ?


एबीसी न्यूज
जेष्ठ ३०, २०७५ बुधबार  ६ : ३४ बजे

काठमाडौं,३०जेठ । ३८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको सरकारी समितिले गएको सोमबार मुद्दाका प्रतिवादी राजेन्द्र शाक्य सञ्चालक रहेका काठमाडौंका तीन सुनचाँदी र हिरा पसलमा छापा मारेको छ ।
संयोजक ईश्वरराज पौडेल नेतृत्वमा सोमबार एकै समयमा दरबारमार्गमा रहेको आरके डायमण्ड, नयाँ सडकमा रहेको आरके ज्वैलर्स र बिशाल बजारस्थित आरके ज्वैलर्समा छापा मारेर तीन ओटा स्थान बाट ५० करोड रुपैयाँ भन्दा बढीको सुन, चाँदी एवं हिरा बरामद गरेको हो ।

समितिले संगठित अपराध निवारण ऐन २०७० को दफा १५ र १६ अनुसार शाक्यले संगठित अपराधबाट आर्जेको धन बरामद गरेको जनाएको छ। ऐनअनुसार संगठित अपराध गरी आर्जन गरेको चलअचल सम्पत्ति रोक्का र नियन्त्रणमा लिनसक्ने कानुनी प्रावधान रहेको छ।

‘अदालतको अनुमति लिएर ऐनको अधिनमा रही कारवाही भएको हो, बरामद भएको धनमाल अदालतमा पेश हुनेछ,’ संयोजक पौडेलले संचारकर्मी संग भने। समितिले आरके डायमण्ड र ज्वैलर्समा रहेको सुनका गरगहनासहितका समाग्री स्थानीय प्रहरी र प्रशासनको रोहबरमा बरामद गरेको थियो।

तीनै स्थानका सामाग्री फरक–फरक बाकसमा राखेर लाहाछाप लगाई शिलबन्दी गरिएको छ। बरामद भएको सामाग्री मोरङ जिल्ला अदालत पठाउनु अघिसम्म बिशेष सुरक्षा प्रवन्धका साथ गृहमन्त्रालयमा राखिएको छ। समिति सदस्यले मंगलबार अपरान्हसम्म बरामद सामाग्रीको विवरणको यकिन तथ्यांक जोडिरहेका छन्। पछिल्लो तथ्यांकमा जफत सम्पत्तिको मूल्यांकन रकम ५० करोड रुपैयाँ बढी हुने देखिएको छ।  समितिले मंगलबार बिहान गृहमन्त्री रामबहादुर थापालाई सोमबारको घटनाका बिषयमा ब्रिफिङ गरेको छ। संयोजक रहेका गृह सहसचिव पौडेलले संगठित निवारण ऐनअनुसार भएको सोमबारको कारवाही र अगामी रणनीतिका बिषयमा मन्त्री थापालाई जानकारी गराएका हुन्।

ऐनको दफा ५१ अनुसार कसुर प्रमाणित भएमा राजेन्द्र शाक्यका तीन व्यवसायिक संस्थाबाट सोमबार बरामद भएको सम्पत्ति जफत हुनसक्छ। समितिको अनुसन्धानमा ३८ सय किलो सुन तस्करीका मुख्य आरोपी रहेका शाक्यले आर्जेको सम्पत्ति संगठित अपराधबाट आर्जेको वा मिसाएको हुनसक्ने प्रमाणका आधारमा बरामद सम्पत्ति जफतको अधिकार सरकारसँग रहनेछ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com