ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निशस्त्रीकरणमा प्रतिबद्धता छौँ– किम , ह्वाइट हाउसमा फेरि भेट्छौँ– ट्रम्प 


एबीसी न्यूज

काठमाडौँ, २९ जेठ। जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो । 

तर मङ्गलबार बिहानको पहिलो बैठकमै उत्तर कोरियाली नेता किम जोङ् उन आणविक निशस्त्रीकरणमा सहमत भएपछि त्यो प्रतिक्षाको अन्त्य सुखद हुन पुगेको हो ।

अमेरिका र लगभग विश्वले नै कडा मिजासका दुवै नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम पहिलो वार्तामा कसरी प्रस्तुत हुन्छन् त्यसैमा वार्ताको भविश्य निर्भर रहन्छ भन्दै परिणामको पर्खाइमा थिए ।

जब दुवै नेताले पृष्ठभूमिमा राखिएका दुवै देशका झण्डाको अघि उभिएर हात मिलाउनुभयो र मुस्कुराउनुभयो तब उहाँहरुको ‘बोडी ल्याङ्ग्वेज’ शारिरीक भाषाले केही बोलिसकेको थियो । उहाँहरुको केही क्षणको एक्लाएक्लै वार्तापछि समाचार पनि सकारात्मक नै बाहिर आयो । अमेरिकाले भन्ने गरेको निशस्त्रीकरणको मागमा उत्तर कोरिया सहमत भयो र अमेरिकाले पनि यसलाई सकारात्मक रुपमा लियो ।

यससम्बन्धी महत्वपूर्ण दस्ताबेजमा दुवै नेताले हस्ताक्षर गर्नुभयो । चार वुँदै सो दस्ताबेज वास्तवमै ऐतिहासिक र महत्वपूर्ण रहेको बताइएको छ । उक्त दस्ताबेजमा उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कुरामा प्रतिबद्धता जनाउनु मत्वपूर्ण हो ।

उहाँहरुले अभूतपूर्व वार्ता गरेपछि उक्त संयुक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । त्यस क्षणलाई राष्ट्रपति ट्रम्पले नै एक अभूतपूर्वा क्षण भन्नुभएको छ । राष्ट्रपति ट्रम्पले केहीबेर अघि भएको वार्ताबाट महत्वपूर्ण उपलब्धि हासिल भएको र यसबाट आफूले निकै गर्वको अनुभूति गरेको बताउनुभएको थियो ।

उहाँहरुबीचको एक्लाएक्लै वार्तामा नै नेता किमले अब दुई देशबीचमा नयाँ सम्बन्धको अध्यायको सुरुआत भएको र विगतका कुरा विर्सिएको भनी दिएको तर्कबाट नै राष्ट्रपति ट्रम्प प्रभावित हुनुभएको थियो । त्यस लगत्तै सम्वाददाताहरुलाई राष्ट्रपति ट्रम्पले अब अमेरिका र कोरियाली प्रायद्वीपबीचको सम्बन्ध पनि भिन्न रुपमा अघि बढ्ने बताउनुभयो ।

अमेरिकी राष्ट्रपतिको यो अभिव्यक्तिलाई उता कोरियाली सञ्चारले भने बडो महत्वका साथ प्रचार गरेका छन् । उनीहरुले अमेरिकाले उत्तर कोरियाली नेताको प्रस्ताव स्वीकार गरेको भन्ने अर्थमा प्रचारमा ल्याएका थिए । दुवै पक्षले इतिहासमै विशेष सम्बन्धको विकास गरेको भनेर खुसी पनि व्यक्त गरेका छन् ।

यतिमात्र होइन कि उत्तरका नेता किमले बैठक ऐतिहासिक र महत्वपूर्ण भएकोले आगामी केही समयमै विश्वले नै ठूलो र सकारात्मक परिवर्तन देख्नसक्ने धारणा राख्नुभयो । उता अमेरिकी राष्ट्रपतिले पनि आफूहरु अब छिट्टै ह्वाइट हाउसमा भेट्ने प्रतिक्रिया दिनुभयो । वार्तामा आफूले नसोचेको प्रगति भयो उहाँले भन्नुभयो ।

संयुक्त राज्य अमेरिकाले उत्तरकोरियाले पूर्ण रुपमा प्रमाणिकरण गर्न सकिने खालको परमाणु निशस्त्रीकरणमा जोड दिएको थियो । उता उत्तर कोरियाले पनि ठूलो खतरा मोल्दै यस अगावै आफ्ना परमाणु परीक्षणस्थल भत्काएको थियो । उत्तरले वार्ताको वातावरण त उहिलेदेखि नै निर्माण गर्दै आएको थियो । तर पनि यी दुई नेताको स्वभाव र प्रकृतिका कारण वार्ताको टेबलमै बसेपछि मात्र विश्वास लाग्ने भनाई विदेशी समुदायको थियो ।

यो वार्ताका लागि राष्ट्रपति ट्रम्पले आफैले खतरा मोलेको भनाई छ अधिकांशको । उहाँले नै सत्तामा आएपछि पहिलेको तुलनामा झन कडा रुपमा नाकाबन्दी लगाउनुभएको थियो । त्यतिमात्र नभएर उहाँले उत्तरका विरुद्धमा सैन्य कारबाही गर्न समेत एसियाको नेताहरुको सहमतिका लागि एसिया भ्रमणमा निस्किनुभयो । अमेरिकी अधिकारीहरु पनि राष्ट्रपतिले अनावश्यक मानिससँग वार्ताको खतरा मोलेको बताएका थिए । तर उहाँ कम्तीमा एक पटक वार्ताको टेबलमा बस्ने अडानमा रहनुभयो र आज त्यो सफल पनि भयो ।

अर्कातर्फ उत्तर कोरियाली नेता किमका लागि भने यो निकै ठूलो अवसर बन्न पुगेको छ । छ महिनाअघि सम्म एक अर्कालाई सिध्याइदिने भन्नेजस्तो अवस्था रहेकोमा अमेरिकी राष्ट्रपतिसँग एउटै दस्ताबेजमा सही गर्न पाउने र एक्लाएक्लै वार्तामा बस्न पाउने पनि ठूलो अवसर भएको भनाई छ । यसबाट आफ्नो देशमाथि लागेका सबै प्रकारका नाकाबन्दीहरु हट्ने अपेक्षा उत्तरले गरेको छ ।

यस वार्ताको सफलताबाट विश्वले गरेको अपेक्षा हो शान्ति र एकता । त्यो शान्ति उत्तर कोरियाले पालना गर्ने निशस्त्रीकरणबाट सुरु हुन्छ, जुन प्रतिबद्धतामा उसले हस्ताक्षर गरेको छ । कोरियाली प्रायद्वीपमा आणविक परीक्षणमात्र रोकिँदा, अमेरिका र उत्तर कोरियाबीच हतियारको होडका अभिव्यक्ति नआउँदा मात्र पनि विश्वमा शान्तिको स्थापना हुने अपेक्षा छ ।

त्यस्तै विश्वले चाहेको एकता दुई कोरियाबीचको एकता हो । सन् १९५३ मा अनायासै एउटै कोरियाका नागरिक विभाजन भएपछि आजका दिनसम्म जुन पीडा उनीहरुले भोगेका छन् त्यसले समय समयमा विश्वकै नागरिकलाई पनि बडो स्तब्ध गराउने गर्छ । यी कोरियाको पारिवारिक पुनर्मिलनमा देखापर्ने दृश्यहरुले सबैको ध्यान तान्ने गर्दछ । त्यसैले यो वार्ताको सफलतापछिको विश्वको अपेक्षा यी दुई देशबीचको एकता पनि हो ।

निशस्त्रीकरणमा प्रतिबद्धता छौँ– किम 

यसैबीच उत्तर कोरियाली नेता किम जोङ उनले सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताको क्रममा कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता जारी गर्नु भएको छ ।
उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको एक सम्झौतामा कोरियाली प्रायद्वीपमा नै पूर्ण निशस्त्रीकरण गर्ने सहमतिसहित हस्ताक्षर गर्नुभएको छ ।

दुई नेताले सिङ्गापुरमा भएको वार्तापछि एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हो । यस वार्तापछि गर्वको अनुभव भएको ट्रम्पले बताउनुभएको छ ।

अमेरिकाले उत्तरकोरियाको पूर्ण, प्रमाणिकरण गर्न सकिने र उल्टाउन नसकिने प्रकृतिको परमाणु निशस्त्रीकरणका लागि जोड दिँदै आएको थियो ।

ह्वाइट हाउसमा फेरि भेट्छौँ– ट्रम्प 

यसै वार्ताबाट प्रभावित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतालाई फेरि भेट्ने बचन दिनु भएको छ । सिङ्गापुरमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले नेता किमलाई ह्वाइट हाउसमा भेट्ने बचन दिनु भएको हो ।

ट्रम्पले सम्झौता हस्ताक्षर समारोह समापनपछि ‘हामी फेरि भेट्छौँ, सम्भवत हामी ह्वाइट हाउसमै भेट्छौँ भन्नुभयो । दुई नेताबीच भएको पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न हुनु भएका ट्रम्प उत्तर कोरियाली नेतासँग बारम्बार भेटगर्ने पनि बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com