ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा नियमावली आज पारित हुँदै, के–के छ नियमावलीमा ?


एबीसी न्यूज

काठमाडौं, २७ जेठ । चार विषयगत समिति रहने गरी राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आइतबार पारित हुँदैछ । नियमावली पारितका लागि आइतबार बिहान ११ बजे राष्ट्रियसभा बैठक बोलाइएको छ ।

राजनीतिक दलबीचको विवादका कारण नियमावली मस्यौदा सम्पन्न भएको लामो समयसम्म पनि पारित हुनसकेको थिएन । सङ्घीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले राष्ट्रियसभाको आइतबारको बैठकमा नियमावली पारितको कार्यसूची रहेको बताउनुभयो ।

सङ्घीय संसद्को अधिवेशन सुरु भएको तीन महिनापछि शुक्रबार प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली पारित भएको थियो । प्रतिनिधिसभाको नियमावली पारितसँगै आइतबार राष्ट्रियसभातर्फको नियमावली पारित हुन लागेको हो ।

राष्ट्रियसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन नै अन्तिम नियमावलीको रुपमा पारित हुन लागेको हो । समितिले तयार पारेको प्रतिवेदन अनुसार राष्ट्रियसभामा चार विषयगत समिति रहनेछन् ।

जसमा दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहनेछन् ।
यस्तै, विषयगत समितिबाहेक सभामा एक विशेषाधिकार समिति गठन हुनसक्ने व्यवस्था रहेको छ । यस्तै, राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा नै आचारण अनुगमन समिति पनि गठन हुनसक्ने व्यवस्था छ ।

प्रत्येक सोमबार प्रश्नोत्तर
सरकारको उत्तरदायित्वभित्रको सार्वजनिक महत्वको कुनै पनि विषयमा राष्ट्रियसभामा सदस्यहरुले प्रश्न गर्न पाउने व्यवस्था नियमावलीमा गरिएको छ । प्रतिनिधिसभामा पनि प्रधानमन्त्री र मन्त्रीसँगको सवालजवाफको व्यवस्था गरिएको छ ।

प्रस्तावित नियमावली अनुसार संविधान वा कुनै प्रचलित कानुनबाट प्रकाशन निषेध गरिएको विषयमा प्रश्न गर्न पाइने छैन । प्रचलित कानुन बमोजिम गोप्य रहने कुरामा राष्ट्रियसभामा छलफल हुने छैन । सदन वा कुनै समितिको निर्णयको आलोचना गरिएको विषय पनि प्रश्न गर्न पाइने छैन । चालु अधिवेशनमा छलफलबाट स्पष्ट भइसकेको विषयमा पनि प्रश्न गर्न पाइने छैन ।

जवाफ पाँच दिनमै 
प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा सदस्यहरूले उठाएका विषयमा पनि विभागीय मन्त्रीले पाँच दिनमा जवाफ दिनुपर्ने विषय समेटिएको छ । राष्ट्रियसभामा सदस्यहरूले उठाएका विषयमा अब पाँच दिनमा जवाफ दिनुपर्नेछ ।

अनुगमन समिति बन्ने
सदस्यहरुको आचरण अनुगमनका लागि राष्ट्रियसभा अध्यक्षकै नेतृत्वमा आचरण अनुगमन समिति गठन हुनेछ । राष्ट्रियसभा उपाध्यक्ष समितिमा उपसभापति रहनुहुनेछ । कानुनमन्त्री, सत्तापक्षका नेता, विपक्षी दलका नेता समितिमा सदस्य रहनुहुनेछ ।

यस्तै, नियमावली अनुसार राष्ट्रियसभा सदस्यको पदावधि गोलाप्रथाबाट छिनोफानो हुनेछ । संवैधानिक व्यवस्था अनुसार एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सकिनेछ । नियमावली अनुसार सदस्यको कार्यवधि दुई,चार र छ वर्षको हुनेछ । जसको निक्र्यौल गोलाप्रथाबाट हुनेछ । गोलाप्रथा हुँदा पहिलो पटकको गोलाप्रथाबाट १९ जनाको दुई वर्षमा पदावधि सकिनेछ । २० जनाको चार वर्ष र थप २० जनाको कार्यकाल छ वर्षको हुनेछ ।

एकल अधिवेशन आह्वान हुने
नियमावली अनुसार राष्ट्रियसभाको मात्र एकल अधिवेशन पनि आह्वान हुन सक्नेछ । संवैधानिक प्रावधान अनुसार सङ्घीय संसद्को संयुक्त अधिवेशन बाहेक राष्ट्रियसभाको अधिवेशन चालु नरहेको वा स्थगित भएको अवस्थामा अधिवेशन बोलाउन राष्ट्रियसभाका एकचौथाई सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले अधिवेशनको मिति र समय तोक्ने व्यवस्था नियमावलीमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com