ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बजार एक अर्ब बढीको कारोबार


एबीसी न्यूज
जेष्ठ २६, २०७५ शनिबार  १२ : ५३ बजे

काठमाडौँ, २६ जेठ ।  धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता ४० लाख २६ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९ दशमलव ३० प्रतिशत कम हो । गत साता १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार बराबरको कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ८८ अंकले घटेर अन्तिम दिन १२५७ दशमलव शुन्य सात अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ७३ अंकले घटेर २६४ दशमलव ४६ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु सात करोड २७ लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ ।

यस्तै शेयर संख्याका आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको चार लाख सात हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस साता नेपाल सेवा लघुवित्त संस्था लिमिटेडको ६० लाख कित्ता साधारण शेयर स्टकमा सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com