
काठमाडौं, २५ जेठ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञावलीले तातोपानी नाका खुलाउन छिटोभन्दा छिटो चीनसंग पहल गर्ने बताएका छन् । राष्ट्रिय व्यापार संघको प्रतिनिधी मण्डलसँगको भेटमा मन्त्री ज्ञावलीलले २०७२ मा गएको भूकम्पका कारण बन्द भएको उक्त नाका सञ्चालनमा ल्याउने गरी चीन सरकारसँग पहल गर्ने बताएका हुन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँगको व्यापार–व्यवसाय विस्तारका लागि सहज वातावरण बनाउने विषयमा सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा यो विषय पनि प्रमुखताका साथ उठाउने जानकारी गराए ।
चीन नेपालको मुख्य व्यापारीक छिमेकी राष्ट्र बन्न सक्ने भन्दै मन्त्री ज्ञवालीले नेपालका व्यवसायीहरुलाई सहज रुपमा चीन प्रवेशको व्यवस्था मिलाउन पहल गर्ने बताए । भेटमा मन्त्री ज्ञवालीले अहिले रसुवा जिल्लाका वासिन्दाहरूका लागि मात्र प्रवेश पास दिँदै आएको चीनसग अब देशैभरका व्यवासायीहरूलाई एक दिने पासको लागि व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।
भूकम्पका कारण तातोपानी नाका बन्द भएपछी चीनसँगको व्यापार–व्यवसाय रसुवाको केरुङ्गबाट गर्दै आएका व्यवसायीहरूलाई चीन प्रवेश पास दिइएको छैन । चीन प्रवेशका लागि चालक र पैदलयात्री रसुवाकै वासीन्दा हुनुपर्ने व्यवस्थाको अन्तगर्दै सवै चालक र व्यवसायिहरूलाई चीन नाका केरुङ्ग प्रवेशको व्यवस्था मिलाउने मन्त्री ज्ञवालीको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्