ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिमाटी तरकारी बजारका ३ सय ३८ जना व्यवसायी कारबाहीको सूचिमा


एबीसी न्यूज

काठमाडौँ, २४ जेठ । कालिमाटी फलफुल तथा तरकारी बजारका ८० प्रतिशत व्यवसायी कारबारहीमा परेका छन् । बजार व्यवस्थापन समितिले गठन गरेको उपसमितिले कालिमाटीका ४ सय २५ व्यवसायीमध्ये ३ सय ३८ जना व्यवसायी कारबाहीको सूचिमा परेका हुन् ।

कारबाहीमा परेका व्यवसायीहरुले बिहीबार बिहान समितिको कार्यालय घेराउ गर्दै नाराबाजी गरेका थिए । तर कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले भने कालिमाटीको सिन्डिकेट अन्त्य गर्ने कुरामा आफू अडिग रहेको बताएका छन् । बिहीबार दिउँसो मन्त्रालयमा भएको किसान, व्यापारी, कृषि बजार निर्देशनालय लगायतको बोर्ड बैठक पनि विनानिष्कर्ष सकिएको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजारमा निक्कै ठूलो वेतिथि रहेको, विचौलियाहरुको बिगबिगी रहेको पाइएपछि मन्त्रालय आक्रामक रुपमा प्रस्तुत भएको हो । यसअघि कृषि राज्यमन्त्री र मन्त्रालयका कर्मचारीसहित गत सोमबार कालिमाटीको बजार अनुगमनमा गएर त्यहाँको वेथिति अन्त्य गर्न निर्देशन दिएका थिए ।

कारबाहीमा पर्नेमा थोकतर्फका फिससेडभित्रका ११ मध्ये आठ, सहकारी समूहका १५ मध्ये १४, माछाका २५ मध्ये २३, २४ टहराभित्र कार्यरत् ३० मध्ये २४, ३८ टहराभित्र कार्यरत ४३ मध्ये आठ व्यवसायी छन् ।

त्यस्तै, खुद्रा तर्फका खुद्रा बजारभित्रका ६४ मध्ये ५०, फलफूलभित्रका सबै नौ, गोदाम प्रयोजन केजतर्फका २० मध्ये १४, सटरतर्फका १७ मध्ये सातलाई पनि कारवाहीको निर्णय गरिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गतकै बालाजु माछापोखरी बजारका खुद्रा (तल)का २३ मध्ये सात, खुद्रा (माथि) का १४ मध्ये तीन र सटरका १२ मध्ये ६ व्यवसायी पनि कारवाहीमा परेका छन् ।

तीन चार तहका विचौलियाका कारण किसानले उत्पादन गरेको सामान बजारसम्म आइपुग्दा धेरै महंगो हुने गरेको गुनासो बढेको छ । बिचौलियाले बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको ठाउँ हेरी ८ देखि १० हजार मात्र बजार व्यवस्थापन समितिलाई बुझाउने र विचौलियाले २ लाखसम्म खाने गरेको अनुगमनका क्रममा पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com