ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिमाटी तरकारी बजारका ३ सय ३८ जना व्यवसायी कारबाहीको सूचिमा


एबीसी न्यूज
जेष्ठ २४, २०७५ बिहीबार  ८ : ४९ बजे

काठमाडौँ, २४ जेठ । कालिमाटी फलफुल तथा तरकारी बजारका ८० प्रतिशत व्यवसायी कारबारहीमा परेका छन् । बजार व्यवस्थापन समितिले गठन गरेको उपसमितिले कालिमाटीका ४ सय २५ व्यवसायीमध्ये ३ सय ३८ जना व्यवसायी कारबाहीको सूचिमा परेका हुन् ।

कारबाहीमा परेका व्यवसायीहरुले बिहीबार बिहान समितिको कार्यालय घेराउ गर्दै नाराबाजी गरेका थिए । तर कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले भने कालिमाटीको सिन्डिकेट अन्त्य गर्ने कुरामा आफू अडिग रहेको बताएका छन् । बिहीबार दिउँसो मन्त्रालयमा भएको किसान, व्यापारी, कृषि बजार निर्देशनालय लगायतको बोर्ड बैठक पनि विनानिष्कर्ष सकिएको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजारमा निक्कै ठूलो वेतिथि रहेको, विचौलियाहरुको बिगबिगी रहेको पाइएपछि मन्त्रालय आक्रामक रुपमा प्रस्तुत भएको हो । यसअघि कृषि राज्यमन्त्री र मन्त्रालयका कर्मचारीसहित गत सोमबार कालिमाटीको बजार अनुगमनमा गएर त्यहाँको वेथिति अन्त्य गर्न निर्देशन दिएका थिए ।

कारबाहीमा पर्नेमा थोकतर्फका फिससेडभित्रका ११ मध्ये आठ, सहकारी समूहका १५ मध्ये १४, माछाका २५ मध्ये २३, २४ टहराभित्र कार्यरत् ३० मध्ये २४, ३८ टहराभित्र कार्यरत ४३ मध्ये आठ व्यवसायी छन् ।

त्यस्तै, खुद्रा तर्फका खुद्रा बजारभित्रका ६४ मध्ये ५०, फलफूलभित्रका सबै नौ, गोदाम प्रयोजन केजतर्फका २० मध्ये १४, सटरतर्फका १७ मध्ये सातलाई पनि कारवाहीको निर्णय गरिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गतकै बालाजु माछापोखरी बजारका खुद्रा (तल)का २३ मध्ये सात, खुद्रा (माथि) का १४ मध्ये तीन र सटरका १२ मध्ये ६ व्यवसायी पनि कारवाहीमा परेका छन् ।

तीन चार तहका विचौलियाका कारण किसानले उत्पादन गरेको सामान बजारसम्म आइपुग्दा धेरै महंगो हुने गरेको गुनासो बढेको छ । बिचौलियाले बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको ठाउँ हेरी ८ देखि १० हजार मात्र बजार व्यवस्थापन समितिलाई बुझाउने र विचौलियाले २ लाखसम्म खाने गरेको अनुगमनका क्रममा पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com