ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख र उपसभामुखले राजीनामा दिनुनपर्ने


एबीसी न्यूज

काठमाडौँ, २४ जेठ ।  प्रतिनिधिसभाका सभामुख र उपसभामुखले राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा विधिवत रुपले दर्ता भएकाले एउटै पार्टीबाट दुई जना बस्न नहुने भन्दै प्रतिपक्षि दलले राजीनामाको माग गरेको हो । संविधानको धारा ९१ (२) मा सभामुख र उपसभामुख फरक राजनीतिक दलको प्रतिनिधि हुनु पर्ने उल्लेख छ । संविधानले संसदमा एकभन्दा धेरै दलको प्रतिनिधित्व नभएको अवस्थामा वा उम्मेद्वारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा नपुग्ने व्यवस्था गरेको छ ।

नेकपा बनेपछि प्रतिनिधसभामा चार राष्ट्रिय दल भएका छन् । फागुन २६ गते तत्कालिन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका थिए ।

उपसभामुखमा तत्कालिन नेकपा एमालेबाट शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी थिइन् । सातमध्ये ६ वटा प्रदेश सभाका सभामुख र उपसभामुख पनि नेकपाका छन् ।

कांग्रेस सांसद मिनेन्द्र रिजालले संविधानअनुसार सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने संविधानको स्पष्ट व्यवस्था भएकाले कुन पद छाड्ने निर्णय अब नेकपाले लिनुपर्ने बताए ।

राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको हकमा भने संविधानले फरक दलको हुनु पर्ने व्यवस्था गरेको छैन । संविधानको धारा, १८२ को उपधारा (२) को (१) ले प्रदेश सभामुख र उपसभामुख पनि फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ ।

सुवास नेम्वाङ भन्छन्ः राजीनामा दिनुपर्दैन

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधि सभाका सभामुख र उपसभामुख दुबैले राजीनामा दिनु नपर्ने बताएका छन् ।

दुबै जनाले पार्टीबाट राजीनामा दिइसकेकाले उनीहरू पार्टीको मान्छे नरहेको नेम्वाङले बताए । उनीहरु पार्टी एकता अगावै सभामुख र उपसभामुख भइसकेको र एकता अगावै पार्टीबाट राजीनामा दिइसकेकाले राजीनामाको बाटो अगांल्नुनपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com