ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख र उपसभामुखले राजीनामा दिनुनपर्ने


एबीसी न्यूज
जेष्ठ २४, २०७५ बिहीबार  ४ : १४ बजे

काठमाडौँ, २४ जेठ ।  प्रतिनिधिसभाका सभामुख र उपसभामुखले राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा विधिवत रुपले दर्ता भएकाले एउटै पार्टीबाट दुई जना बस्न नहुने भन्दै प्रतिपक्षि दलले राजीनामाको माग गरेको हो । संविधानको धारा ९१ (२) मा सभामुख र उपसभामुख फरक राजनीतिक दलको प्रतिनिधि हुनु पर्ने उल्लेख छ । संविधानले संसदमा एकभन्दा धेरै दलको प्रतिनिधित्व नभएको अवस्थामा वा उम्मेद्वारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा नपुग्ने व्यवस्था गरेको छ ।

नेकपा बनेपछि प्रतिनिधसभामा चार राष्ट्रिय दल भएका छन् । फागुन २६ गते तत्कालिन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका थिए ।

उपसभामुखमा तत्कालिन नेकपा एमालेबाट शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी थिइन् । सातमध्ये ६ वटा प्रदेश सभाका सभामुख र उपसभामुख पनि नेकपाका छन् ।

कांग्रेस सांसद मिनेन्द्र रिजालले संविधानअनुसार सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने संविधानको स्पष्ट व्यवस्था भएकाले कुन पद छाड्ने निर्णय अब नेकपाले लिनुपर्ने बताए ।

राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको हकमा भने संविधानले फरक दलको हुनु पर्ने व्यवस्था गरेको छैन । संविधानको धारा, १८२ को उपधारा (२) को (१) ले प्रदेश सभामुख र उपसभामुख पनि फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ ।

सुवास नेम्वाङ भन्छन्ः राजीनामा दिनुपर्दैन

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधि सभाका सभामुख र उपसभामुख दुबैले राजीनामा दिनु नपर्ने बताएका छन् ।

दुबै जनाले पार्टीबाट राजीनामा दिइसकेकाले उनीहरू पार्टीको मान्छे नरहेको नेम्वाङले बताए । उनीहरु पार्टी एकता अगावै सभामुख र उपसभामुख भइसकेको र एकता अगावै पार्टीबाट राजीनामा दिइसकेकाले राजीनामाको बाटो अगांल्नुनपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com