ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेतमा प्रदेश स्तरको विमानस्थल बन्ने


एबीसी न्यूज

सुर्खेत,२३ जेठ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्ने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरका रुपमा निर्माण हुने भनिएको विमानस्थलमा बढी लागत लाग्ने भएकाले अहिले प्रादेशिक विमानस्थल निर्माण गर्ने भएको हो ।

यसअघि साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजनासहित करीब एक दशक अघिदेखि सुर्खेतमा अध्ययन थालिएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलका लागि सुर्खेतका उत्तरगंगा, रामघाट र मदानेचौर गरी तीन ठाउँमा सम्भाव्यता अध्ययन गरिएको थियो । तीमध्ये हालको भेरीगंगा नगरपालिकामा पर्ने ‘मदानेचौर’ विमानस्थलका लागि उचित ठानिएको थियो ।

उक्त विमानस्थल निर्माणका लागि अध्ययन गरिरहेको नागरिक उड्डयन प्राधिकरणले लागत बढी लाग्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पछि हट्नु परेको जनाएको छ ।

प्रादेशिक स्तरको विमानस्थल बनाउन पनि कम्तीमा रु १० अर्ब खर्च लाग्ने प्राधिकरणले जनाएको छ । अब बन्ने भनिएको प्रादेशिक स्तरको विमानस्थलमा दुई हजार ६०० मिटरसम्म रन–वे बनाउन सकिने सम्भावना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो ।

विमानस्थल निर्माणका लागि काम शुरु भएमा आगामी पाँच वर्षभित्र नै सम्पन्न भइसक्ने उहाँले बताउनुभयो ।

उक्त विमानस्थल निर्माणको विषय अहिलेको संघीय बजेटमा समावेश गरिएको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले बजेटमा उक्त विमानस्थल नसमेटिए पनि प्राधिकरणले बनाउने बजेटमा समावेश गरिने आश्वासन दिनुभयो ।

पर्यटनका हिसाबले कर्णाली प्रदेशलाई पहिलो प्राथमिकतामा राखिएको भन्दै उहाँले यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकार लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com