ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिरामीलाई फलफुल होईन, स्वास्थ्य लाभ कार्ड


sharan sharan
जेष्ठ २२, २०७५ मंगलबार  ८ : २२ बजे
नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेलाई स्वास्थ्यलाभ कार्ड

बुटवल, २२ जेठ ।
“अस्पतालमा बिरामी भेट्न जांदा फलफुल होईन नगद दिएर बिरामी भेटौ” भन्ने अभियानका सामाजिक अभियन्ता मुक्तिराज पौडेलले अफ्नो अभियानलाई परिमाजैन गरेकाछन् । बिरामीले सिधै नगद लिन नमानेपछि उनले आफ्नो अभियानलाई परिमार्जन गरेकाहुन् । नयां अभियान अन्तर्गत अव बिरामी भेटन जांदा स्वास्थ्यलाभको शुभकामना कार्ड बिरामीलाई हस्तान्तरण गर्ने र कार्डबाट अस्पतालले बिरामीलाई छुट दिने ब्यवस्था मिलाईएको छ ।
आफ्नो जन्मदिन पारेर पौडेलले अस्पतालमा भर्ना भएका बिरामीको सहयोगार्थ स्वास्थ्य लाभ कार्डको नयां अभियान सुरु गरेकाछन् । पौडेलले आफन्त तथा शुभेच्छुक बिरामी हुदा फलफुल लिएर भेट्न जाने क्रममा फलफुल कतिपय बिरामीको अवस्थाले खान नहुने र कतिपय अवस्थामा बढी भएर खेर जाने गरेको भन्दै त्यसको सट्टा खामबन्दी नगद दिने अभियान सुरु गरेका थिए । परिमार्जित अभियानमा अव बिरामी भेट्न अस्पताल जांदा अस्पतालको काउण्टरमा २ सय ५० मुल्यको स्वास्थ्य लाभको कार्ड पाईने छ , कार्ड लिएर बिरामीलाई हस्तान्तरण गरिए पछि सोहि कार्डका आधारमा बिरामी डिस्चार्ज हुंदा अस्पतालले बिलमा २ सय ५० बिलमा छुट दिने ब्यवस्था मिलाईएको छ ।
नगद दिंदा कतिपय बिरामी र बिरामीका आफन्तले आफुलाई होंच्याएको महसुस गरेका कारण नयां अभियानको थालनि गरिएको अभियन्ता पौडेल बताउछन् ।
पौडेलले पहिलो दिन बुटवल हस्पिटल प्रालिमा उपचारका लागि भर्ना भएका र आएका ५० बिरामीलाई स्वास्थ्य लाभ कार्ड बितरण गर्दै अभियानको थालनी गरेका थिए । तत्कालका लागि बुटवल हस्पिटल प्रालिमा स्वास्थ्य लाभ कार्डको व्यवस्था गरेको र निकट भबिष्यमा यस क्षेत्रका अन्य अस्पतालहरुमा पनि स्वास्थ्य लाभ कार्डको व्यवस्था गर्ने पौडेलले बताए । उनले आफनो नगद सहित स्वास्थ्य लाभ कार्डको अभियानमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेकाछन् । बिरामी भेटन जादा फलफुल लिएर जानु भन्दा स्वास्थ्य लाभ कार्ड मार्फत नगद सहयोग गर्दा त्यो रकमको सदुपयोग हुने र बिरामीलाई पनि थोरै भएपनि राहत हुने पौडेलको भनाई छ ।
पौडेलको अभियानलाई सकारात्मक भन्दै बुटवल अस्पताल प्रालि अभियानको प्रारम्भ गरिदिएको छ । अस्पतालका अध्यक्ष चुन्नु प्रसाद पौडेलले केही गर्नुपर्छ भन्ने सोच भएका श्रृजनसिल पौडेलले सुरु गरेको स्वास्थ्यलाभ कार्ड अभियान सकारात्मक र स्वागतयोग्य भएको बताए ।
समाजमा अनुत्पादक हुंदै गएको कतिपय चलनचल्तीलाई परिवर्तन गर्न केहि कठीन भएपनि असम्भव भने छैन । परिवर्तन गरि आएका नयां चलन आत्मसाथ गर्न पनि समाजलाई सजिलो भने हुंदैन तर राम्रो काममा सबैले सघाउ पु¥याउंदा सबैलाई फाईदा नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com