ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कलाकार को कुन कार चढ्छन्, बजार मुल्य कति ?


admin

काठमाडौं, १५ जेठ । केही वर्ष यता नेपाली सिनेमाको बजार फैलिँदै गएको छ ।

सिनेमामा निर्माण पक्षले लगानी बढाउन थालेका छन् । लगानी बढेसँगै कलाकारले लिने पारिश्रमिक पनि आकासिँदै गएको छ । यता सिनेमाले पनि सफल कारोबार गर्न थालेका छन् । हिन्दी सिनेमा हेर्न जाने दर्शकहरुको मोह अहिले नेपाली सिनेमाप्रति जागेको छ । दर्शकले सिनेमालाई माया गर्न थालेसँगै सिने कलाकारहरुको जीवनशैलीमा पनि परिवर्तन हुँदै गएको पाइन्छ । पछिल्लो समय प्राय सेलिब्रेटी आफ्नै कारमा गुड्ने गरेका छन् ।

तर उनीहरुको आम्दानीको स्रोत सिनेमा मात्रै भने हैन । सिनेमासँगै विभिन्न विज्ञापन, स्टेज शोहरुमार्फत उनीहरुले आम्दानी गरिरहेका छन् । कतिले त म्युजिक भिडियोबाट पनि मनग्य आम्दानी गरिरहेका छन् । आज हामीले केही कलाकार जो महंगो कार चढ्छन् उनीहरुको कारको मूल्य र आम्दानीको स्रोत सहितको एक सामग्री तयार पारेका छौँ ।

दीपकराज गिरी

‘छक्का पञ्जा २’को सफलतापछि कलाकार दीपकराज गिरीले नयाँ कार किने । यसअघि उनले हाँस्यकलाकारको रुपमा स्थापित हुँदा ३१ लाखको स्वीफ्ट डिजायर चढ्ने गरेका थिए । तर सिनेमा ‘छक्का पञ्जा २’ को सफलता पछि उनले विशेष सेवा र सुविधासहितको कार किने ।

उनको नयाँकार टाटाको हेक्जाहो जसको बजार मूल्य झण्डै ८० लाख पर्न आउँछ । यो सँगै दीपकराज गिरी महंगो गाडी चढ्ने सेलिब्रेटीको सूचीमा पनि परेका छन् ।
आम्दानीको स्रोत–सिनेमा, स्टेज शो, विज्ञापन र विभिन्न कम्पनीका ब्राण्डहरुसँग आवद्ध

आयुष्मान देशराज श्रेष्ठ जोशी

पछिल्लो पुुस्तामा सबैभन्दा महंगो कार चढ्ने अभिनेतामा पर्छन् आयुष्मान देशराज जोशी । तर उनलाई उनको पुर्ख्यौली सम्पत्तिले कार चढ्न सहज बनाएको देखिन्छ ।

त्यसैले त केही सिनेमाहरुमा मात्रै काम गरेका उनी मर्सिडिज बेन्ज २०० डी १९८४ र किया स्पोर्टेज २०११ चढ्छन् । उनीसँग भएका दुईवटै कारहरु महंगा छन् । मर्सिडिजको बजार मूल्य १ करोड ६० लाख रुपैयाँभन्दा बढी पर्छ भने उनको दोस्रो कार कियालाई ८० लाखभन्दा बढी पर्छ । आम्दानीको स्रोत–सिनेमा र विज्ञापन

भुवन केसी

अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी हुन्डाईको क्रेटा चढ्दै आएका छन् । लगभग ५८ लाख रुपैयाँ मूल्य पर्ने यो कार उनले चढ्न लागेको धेरै भएको छैन । यसअघि उनले विभिन्न ब्राण्डका कार चढ्दै आएका थिए ।

उनी सिनेमाका विशेष कार्यक्रमहरुमा छोरा अनमोललाई आफ्नै कारमा लाने गर्छन् । उनका छोरा अनमोललाई भने कार मोह छैन । उनलाई बाइक मन पर्छ । यसै कारण झण्डै कारको मूल्य बराबरको डुकाटी बाइक चलाउँदै आएका छन् । अनमोलसँग तीनवटा बाइक छन् । आम्दानीको स्रोत–सिनेमा र विज्ञापन

रमेश उप्रेती

अभिनेता रमेश उप्रेती पनि आफूले लिने सेवा सुविधामा कुनै किसिमको कन्जुस्याईँ गर्दैनन् । केही वर्ष अमेरिका बसेर आएपछि त झन् उनको जीवनशैलीमा आमूल परिवर्तन नै आएको देखिन्छ ।

रमेश हुण्डाईको रेड क्रेटा कार चढ्छन् । यसको बजार मूल्य झण्डै ५८ लाख पर्छ । उनले गएको वर्ष सिनेमा‘ऐश्वर्य’ निर्माण गरेका थिए । जुन कारोबारमा सफल रह्यो । यो सिनेमाको सफलत पछि उनी अर्को सिनेमा निर्माणको तयारीमा लागेको बुझिएको छ । आम्दानीको स्रोत– सिनेमा, स्टेज शो र विज्ञापन

निखिल उप्रेती

अर्का अभिनेता निखिल उप्रेती पनि मोटो रकमकै कार चढ्दै आएका छन् । उनी अहिले हुण्डाईको क्रेटा कार चढ्दै आएका छन् । जसको बजार मूल्य ५० देखि ५३ लाख पर्न आउँछ ।

पछिल्लो समय निखिल सिनेमा ‘कमिटमेन्ट अफ सिक्स्टी आवर्स’को छायाकंनमा छन् । यो सिनेमालाई उनी आफैले निर्देशन गरिरहेका छन् । आम्दानीको स्रोत– सिनेमा, विज्ञापन तथा विविध कार्यक्रम

दीपाश्री निरौला

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले गएको वर्ष मात्रै हुन्डाईको आई ट्वेन्टी एक्टिभ किनेकी छिन् । ‘छक्का पञ्जा’को सफलतापछि दीपाश्री निरौलालाई टिमले उपहारस्वरुप यो कार दिएको थियो । दीपाले किनेको हुन्डाईको आई ट्वेन्टी एक्टिभलाई ४० देखि ४२ लाख पर्छ ।

यस अघि दीपा सिल्भर कलरको सेन्ट्रो चढ्दै आएकी थिइन् । यतिबेला उनी सिनेमा‘छक्का पञ्जा ३’को छायाकंनमा छिन् । आम्दानीको स्रोत–सिनेमा, विज्ञापन, स्टेज शोहरु र विभिन्न कम्पनीका ब्राण्डहरुसँग आवद्ध

प्रदीप खड्का

सिनेमा‘प्रेम गीत २’को सफलतापछि प्रदीप खड्काले निर्माता सन्तोष सेनबाट कार उपहार पाए । सिनेमा बनाउने क्रममा सन्तोषले सिनेमा सफल भएको खण्डमा प्रदीपलाई ३० प्रतिशत सेयर दिने वाचा गरेका थिए । उनले वाचाअनुरुप सिनेमा सफल भएपछि प्रदीपलाई सेयरको रुपमा कार उपहार दिएका हुन् ।

प्रदीपले पाएको हुण्डाईको क्रेटा कारको बजार मूल्य ४२ लाख छ । यतिबेला प्रदीप रातो रंगको क्रेटा कारमा हुँइकिन्छन् । आम्दानीको स्रोत– सिनेमा, विज्ञापन र विभिन्नकम्पनीका ब्राण्डहरुसँग आवद्ध

पल शाह

पल शाह भन्छन्, ‘मैले सुरक्षित यात्राको लागि काठमाडौंमा घरभन्दा पहिले कार किनेको हूँ । उनले आफ्नै कमाईले कार किने जुन उनको जीवनको एउटा खुशीको पल थियो । पल शाह निशान सन्नी कार चढ्छन् ।

यसको बजार मूल्य लगभग ४० लाख पर्न आउँछ । प्छिल्लो समय उनको अभिनय रहेको सिनेमा‘शत्रु गते’ प्रदर्शनमा आयो जुन कारोबारमा पनि सफल रह्यो ।
आम्दानीको स्रोत– सिनेमा, म्युजिक भिडियो, स्टेज शो र विज्ञापन

पूजा शर्मा

सिनेमा ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेकी अभिनेत्री पूजा शर्मा यतिबेला सिनेमा ‘रामकहानी’को छायाकंन सकेर पोष्ट प्रोडक्शनको काममा छिन् ।

पूजाले इको स्पोट नामक कार चढ्दै आएकी छिन् । पूजाको यो कारको मूल्य ३४ लाख पर्छ । उनी आफैले यो कार चलाउँछिन् पनि । आम्दानीको स्रोत–सिनेमा र स्टेज शो

प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक कार किन्दा उनलाई भूकम्प पीडितका लागि उठाएको रकमले कार किनेको आरोप लाग्यो । यसै कारण पनि उनको कार किनाईले खुबै चर्चा बटुल्यो ।

तर प्रियंकाले भने आफूलाई लागेको यो आरोप विल्कुलै गलत भएको बताइन् । मर्सिडिज कार चढ्दै आएकी प्रियंकाले नयाँ सुविधासहित गएको वर्ष मात्रै नयाँकार किनेकी छिन् । उनले किनेको नयाँकार टाटा जेस्ट हो । यसको मूल्य ३३ लाख ५० हजार पर्न आउँछ ।

विशेष स्रोतका अनुसार प्रियंकासँग पहिलो कार पनि छ । उनी आलोपालो दुईवटा कार प्रयोग गर्छिन् । आम्दानीको स्रोत– विज्ञापन, सिनेमा, टेलिभिजन शो, स्टेज कार्यक्रम, म्युजिक भिडियो र विभिन्न कम्पनीका ब्राण्डहरुसँग आवद्ध

सविन श्रेष्ठ

अभिनेता सविन श्रेष्ठ सुजुकीको स्विफ्ट कार चढ्दै आएका छन् । उनले लगभग ३ वर्ष भयो यो कार किनेको । यो कारको अहिलेको बजार मूल्य ३२ लाखको हाराहारी छ ।

पछिल्लो समय सविन सिनेमासँगै व्यवसायमा पनि लागेका छन् । उनले केहीदिन अघि मात्रै आफ्नो मोबाइल पसलको उद्घाटन गरेका थिए । यसका अलावा उनको मुख्य भूमिका रहेको सिनेमा ‘हिरो रिटन्र्स’ प्रदर्शनको तयारीमा छ । कमाईको स्रोत–सिनेमा र व्यापार

शिल्पा पोखरेल

अभिनेत्री शिल्पापोखरेलले गएको वर्ष मात्रै कार किनेकी छिन् । उनले भक्स वागेनको पोलो १।१ किनेकी छन् जसको नेपाली बजार मूल्य ३३ लाख पर्छ । शिल्पाले पनि आफ्नै कमाईले यो कार किनेकी हुन् । म्युजिक भिडियो हुँदै सिनेमामा आएकी शिल्पा सिनेमा ‘मंगलम’बाट त निर्मात्री पनि बनेकी छिन् ।

उनको यो सिनेमाले सफलता पनि पायो । जसले उनलाई सिनेमामा अभिनयसँगै निर्माणका लागि थप हौसला पनि मिलेको छ । आम्दानीको स्रोत– सिनेमा, विज्ञापन, म्युजिक भिडियो र स्टेज शो

उज्यालो अनलाईनबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com