ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती


एबीसी न्यूज


सल्लेरी, सोलुखुम्बु, १५ जेठ ।  सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ ।
सगरमाथा आरोहण समूहले नियमको पालना नगर्दा सगरमाथा आधार शिविरमाथि शिविर २ र ३ मा फोहोरको मात्रा अत्याधिक बढेको छ । यस वर्षको वसन्त ऋतुमा आरोहण गर्न गएकाले समेत नियमको पालना नगरेको पाइएको छ ।

वर्षेनी सयौंँको संख्यामा सगरमाथा आरोहणका लागि स्वदेशी र विदेशी सगरमाथा आधार शिविर पुग्छन् । यस वर्ष मात्रै चार सय बढीले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । विश्व कीर्तिीमानी कायम राख्नका लागि गरिने आरोहणका लागि बन्दोबस्तीका सामानसहित यहाँ आउने आरोही र उनका सहयोगीले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा समस्या हुने गरेको सगरमाथा आरोही पासाङ्ङिमा शेर्पाले बताउनुभयो ।

यही जेठ ७(मे २१) मा सगरमाथाको सफल आरोहण गर्नुभएका शेर्पाले भन्नुभयो, “क्याम्प १ र २ मा केही मात्रामा फोहोर छ तर ३ र ४ मा भने अत्याधिक बढी देखिन्छ ।”
दिनप्रतिदिन सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढ्दै गएको प्रति चिन्ता व्यक्त हुन थालेको छ । सम्बन्धित निकायले यसको व्यवस्थापनका लागि समयमा नै ध्यान दिनुपर्ने सगरमाथा आरोही लालबहादुर वाइवाको सुझाव छ । वाइवाले भन्नुभयो, “फाहोर व्यवस्थापनको केही पहल भए पनि यो पर्याप्त छैन, यसलाई सरकारले नै विशेष योजना बनाउन आवश्यक छ ।”

विभिन्न शिविरमा बस्नका लागि निर्माण गरिएको पालसमेत लथालिङ्ग छाड्ने गरिएको पाइएको छ । आरोहणमा गएकाहरुले आरोहण सकेर फर्कने क्रममा विभिन्न कारणले फोहोरको व्यवस्थापनमा ध्यान दिन नसकेको बताइन्छ ।
छ पटक सगरमाथा आरोहण सक्नुभएका सोताङका यति शेर्पाले विगत वर्षभन्दा यस वर्ष बढी नै फोहोरको मात्र बढेको बताउनुभयो । “दिनप्रति दिन सगरमाथा क्षेत्र फोहोरले कुरुप बन्दैछ”, शेर्पाले भन्नुभयो, “सबैले चासो नदिने हो भने विश्वको सर्वोच्च शिखर सगरमाथाको महत्व समेत घट्न सक्छ । जलवायु परिवर्तन, मानिसको चापलगायतले सगरमाथाको सौन्दर्य घटाएकोमा फोहोरले समेत भूमिका खेलिरहेको छ ।”

सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनका लागि नै सगरमाथा प्रदूषण नियन्त्रण समिति (एपिसिसी)ले काम गरिरहेको छ । संस्थाको नियमअनुसार एक जना व्यक्ति बराबर आठ केजी फोहोर अनिवार्य संस्थाको कार्यालय नाम्चेमा ल्याएर बुझाउनुपर्छ । उक्त फोहोर छुट्याएर जल्नेलाई जलाउने र नजल्ने फोहोर काठमाडाँै पठाउने गरिएको एपिसिसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले बताउनुभयो ।

आरोहीले सगरमाथा आरोहणमा जाँदा चार सय डलरसम्म धरौटी जम्मा गर्नुपर्ने प्रावधान छ । मापदण्डानुसार फोहोर फिर्ता नल्याएको प्रतिवेदन प्राप्त भएमा उक्त धरौटी जफत हुने पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । अहिलेसम्म भने फोहोर नल्याएर धरौटी जफत भएको कुनै अभिलेख नभएको सूचना अधिकारी सापकोटाको भनाइ छ ।

पर्यटन व्यवसायीका अनुसार आठ केजी फोहोर ल्याउँदैमा त्यस क्षेत्रमा उत्पादन भएको फोहोर व्यवस्थापन नहुने प्रष्ट छ । आज सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइने भए पनि त्यो औपचारिक कार्यक्रमले त्यस क्षेत्रको बास्तविक समस्या पहिचान नहुने यहाँका यहाँका नागरिकको भनाइ छ । त्यसैले यहाँको मुख्य चुनौतीका रुपमा रहेको फोहोर व्यवस्थापनका लागि राज्यले नै विशेष कार्यक्रम बनाउनुपर्ने पर्यटन व्यवसायीको माग छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com