ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युटुब र यूवा पुस्ता


admin

भीमदत्तनगर, १४ जेठ । सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग पनि भएको खबर त सबैले सुने÷देखेकै छौँ । अझ युवापुस्ता बढी संख्यामा यसको प्रयोगकर्ता रहेको छ ।

पछिल्लो समय कञ्चनपुरमा फेसबुक, ट्विटरसँगै शहर क्षेत्रमा बसोबास गर्ने युवा युट्युब च्यानल सञ्चालनमा ल्याएर यहाँको पर्यटन प्रर्वद्धनसँगै लोकसंस्कृति र विभिन्न प्रकारका कार्यक्रमलाई प्रचारप्रसार गरिरहेका छन ।

छ महिनादेखि भीमदत्तनगरका युवा व्यापारी करनसिंह पालले ‘खोज टिभी’ युट्युब च्यानल सञ्चालनमा ल्याउनुभएको छ । उहाँले उक्त च्यानलमार्फत यहाँको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, लिंगा, एशियाकै दोस्रो लामो महाकाली नदीमा अवस्थित झोलुङ्गे पुल तथा यहाँ हुने मेला÷महोत्सवका साथै डोट्याली हास्य भिडियोसमेत खोज टिभी च्यानलमा अपलोड गर्ने गरेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघ कार्यसमिति सदस्यसमेत रहनुभएका पालले च्यानल हेर्ने र सस्क्राइबरको संख्या बढेसँगै गगुलले युट्युबलाई विज्ञापन उपलब्ध गराएर रकमसमेत दिने गरेको बताउनुभयो ।

“युट्यब च्यानलका पनि निश्चित मापदण्ड र परिधि छन्”, उहाँले भन्नुभयो, “मापदण्ड च्यानलले पूरा गरेपछि गुगल युट्युबले विज्ञापन उपलब्ध गराउनेदेखि विज्ञापन हेरे अनुसारको रकमसमेत दिन्छ ।”

पालले आफूले अपलोड गरेको ‘चट्ट, चट्टन, आँखामा बट्टन’ डोट्याली कमिडी भिडियो सबैभन्दा बढी हेरिएको बताउनुभयो । “त्यो भिडियो हाम्रो च्यानलमा एक लाख २६ हजार पटक हेरिएको छ,” उहाँले भन्नुभयो, “अरूका गीत पनि च्यानलमा राख्न सकिन्छ, गायक र निर्माताको अनुमति आवश्यक हुन्छ ।”

जिल्लाका पर्यटकीय क्षेत्रको भिडियो र विभिन्न कभर भिडियोसमेत बनाएर च्यानलमा हाल्ने गरिएको छ । अरूको म्युजिक भिडियो बिनाअनुमति हाले कपिराइटमा मुद्दा लाग्छ । निजी च्यानल बनाएर सञ्चालन गर्ने युवाको संख्या वृद्धि हँुदै गएको छ । युट्युब च्यानल सञ्चालन गर्न जिमेल एकाउन्ट आवश्यक पर्छ ।

“च्यानल बनाउन केही समय लाग्दैन”, पाल भन्नुहुन्छ, “अरू सामाजिक सञ्जालमा लत पार्नुभन्दा फुर्सदमा च्यानल सञ्चालन गर्नु बेस छ ।” पालले सञ्चालनमा ल्याएका च्यानलका विभिन्न पर्यटकीय तथा मनोरन्जनात्मक भिडियो करीब ६ लाखभन्दा बढीले हेरिसकेका छन् ।

भीमदत्तनगरका फोटोग्राफर पुष्पराज भट्टले ‘किङ्ग टिभी २४’ सञ्चालन गरेका छन् । उहाँले सञ्चालन गरेको ११ महिनामै गुगल युट्युबबाट १०७ अमेरिकी डलर पहिलो पटक प्राप्त गर्नुभएको छ । गुगल युट्युबले च्यानलमा विज्ञापनमार्फत १०० डलरभन्दा बढी रकम जम्मा हुनासाथ च्यानल सञ्चालकको खातामा रकम हाल्छ ।

यहाँस्थित फोटो स्टुडियोमा आबद्ध भएर भिडियो सम्पादनमा व्यस्त रहने भट्टले फुर्सदको बेला विभिन्न नेपाली गीतको कभर भिडियोसमेत बनाएर च्यानलमा हाल्ने गरेका छन् । उहाँको च्यानल हालसम्म १० लाख ६० हजार पटक हेरिएको छ ।

‘चरी चट्ट परी’ बोलको गीतको कभर भिडियो बनाएर आफ्नो च्यालनमा अपलोड गरेका भट्टले उक्त गीतको कभरभिडियो तीन लाख ९५ हजार पटक हेरिएको बताउनुभयो । “च्यानल राम्रो चलाउन सके आम्दानी पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “देश–विदेशसम्म यहाँको सम्भावना उजागर गर्ने दरिलो माध्यम हो, युट्युब च्यानल ।”

स्थानीय स्तरमा बन्ने गरेका म्युजिक भिडियो पनि च्यानलमार्फत प्रचार प्रसारका लागि आउने क्रम जारी छ । यहाँका मेला÷महोत्सवमा कलाकारको सांगीतिक प्रस्तुतिसमेत सहमति लिएर छायाकंन गरेर च्यानलमा हाल्दा हेर्नेको संख्या गरेको भट्ट बताउनुहुन्छ ।

“वैदेशिक रोजगारमा रहेकाहरुले युट्युब च्यानल बढी हेर्छन्”, उहाँले भन्नुभयो, “यो च्यानल मनोरञ्जनात्मक र सन्देशमूलक भएकाले उपयोगी बन्दै गएको छ ।” त्यसका साथै आफूसित भएको विभिन्न कला, सीप र क्षमता देखाउने माध्यमका रुपमा पनि निजी च्यानल बनाएर प्रचार÷प्रसार गर्न सकिने उहाँको भनाइ छ ।

“धेरैलाई त यहाँ च्यानल सञ्चालन राम्रो भए पनि रकम पनि पाउछ भन्ने थाहा छैन”, भट्टले भन्नुभयो, “च्यानल चलाएर रकम पाउने भीमदत्तनगरमा थौरी व्यक्ति छन् ।”

त्यसैगरी, यहाँका स्थानीय पत्रकार सुरेश भट्टले पनि ‘साझा आवाज’ नामक युट्युब च्यानल विगत ६ महिनादेखि सञ्चालनमा ल्याएका छन् । प्रदेश नं ७ का कलाकारको स्टेज कार्यक्रमलाई उहाँले भिडियो कैद गरेर च्यानलमा बढी मात्रामा अपलोड गर्नुहुन्छ ।

“समाचार पनि मैले भिडियोसहित च्यानलमा हालेको छु”, भट्टले भन्नुभयो, “युट्युब च्यानल पनि सञ्चारको एउटा महत्वपूर्ण माध्यम बनेको छ ।” उहाँले अपलोड गरेको एउटै भिडियो एक लाख पटकसम्म हेरिएको छ । च्यानलहरु युवा पुस्ताले बढी हेर्ने गरेका छन् । इन्टरनेट आवश्यक भएकाले यसको पहुँच सबैका लागि सहज भने छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com