ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समयमा नै सचेत नभए तिलिचो ताल प्रदूषणकोे चपेटामा


एबीसी न्यूज

मनाङ, १३ जेठ ।   विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको हो । मनाङ जिल्लाको निस्याङ गाउँपालिका–९ मा रहेको यस ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ ।

सिजन होस् या अफ सिजन यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । तर अब पर्यटकको चापसँगै ताल वरिपरि फोहरका डङ्गुरहरु देखिन थालेका छन् । यस ताल जाने बाटोको छेउछाउमा पर्यटकले खाएका खानेकुराका खोलहरु, सिसाका बोतल, बिस्कुट, मिठाईका कागजले भरिन थालेको छ । मनाङको खांसारदेखि तिलिचो बेस क्याम्प आसपासमा पर्यटकले प्रयोग गरेर फालेका सामान जथाभावी छरपस्ट छरिएको देख्न सकिन्छ ।

त्यस्तै, बेसक्याम्पबाट ताल वरिपरि फोहरका डङ्गुरहरु छरपस्ट छरिएका छन् । विगत केही वर्षयता आन्तरिक पर्यटकको चाप बढेसँगै तिलिचो ताल र आसपासको क्षेत्रमा फोहर मात्र बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र, पर्यटन व्यवसायी, होटल व्यवसासी र स्थानीय समुदायले फोहरमैला व्यवस्थापनका लागि ठाउँठाउँमा डस्टबिन राखेता पनि खासै प्रयोगमा भने आउन सकेको छैन ।

विदेशीले आफूले खाएका चीजबीजका खोल झोलामा बोकेर डस्टबिनमा फाल्ने गर्छन् तर आन्तरिक पर्यटकले भने जथाभावी फाल्ने गरेका छन् । यसरी पर्यटकले प्रयोग गरी जथाभावी फालेका फोहरले तिलिचो तालको वातावरण बिग्रीएको होटल व्यवसायीको गुनासो छ । म वर्षै पिच्छे तिलिचो आउने गर्छु, पोहोरको तुलनामा अहिले तालको आसपासमा बढी फोहर भएको पाएँ । जसले गर्दा ताल वरिपरिको वातावरण धेरै प्रदूषित भएको छ । समयमा नै सचेत नगराउने हो भने तालको अस्तित्व नै धरापमा पर्ने ट्रेकिङ गाइड रामु अधिकारीले बताउनुभयो ।

समयमा नै सचेत नभए तिलिचो ताल प्रदूषणकोे चपेटामा पर्ने तयरीमा रहेको छ । यसमा सम्बन्धित निकायले ध्यान पु¥याउनु आवश्यक छ । तालको संरक्षण र ताल वरिपरिको वातावरणको संरक्षणमा सबै सचेत हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com