ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुखद्वारा अस्पतालको अवलोकन


एबीसी न्यूज
जेष्ठ ११, २०७५ शुक्रबार  ९ : २७ बजे

नगरकोट, ११ जेठ ।  प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले बिहीबार भक्तपुर क्यान्सर अस्पतालको अवलोकन गर्नुभएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत आफ्नो निजी सचिवालयका कर्मचारी भवीन्द्र कार्कीका बुबा जगतबहादुर कार्कीको स्वास्थ्य अवस्था बुझ्न प्रदेश प्रमुख झा अस्पताल पुग्नुभएको समयमा अस्पतालको अवलोकन गर्नुभएको हो ।

प्रदेश प्रमुख झालाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले स्वागत गर्दै अस्पतालको अवलोकन भ्रमण गराउनुभएको थियो । अध्यक्ष श्रेष्ठले भक्तपुर क्यान्सर अस्पताल सरकारी–निजी सहकारीको उत्कृष्ट नमूना भएको भन्दै अस्पतालमा आउने क्यान्सर बिरामीको चाप दिनप्रतिदिन बढिरहेको बताउनुभयो ।

“क्यान्सर बिरामीको चाप दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भर्ना गर्न शय्या नपाउँदा दैनिक ३०–४० जना बिरामीलाई फर्काउनुपर्ने बाध्यता भएको जानकारी दिनुभयोे ।”

प्रदेश प्रमुख झाले अस्पतालले दिने सेवा सुविधाबारे र निःशुल्क उपचार दिन सकिने नसकिनेबारे चासो व्यक्त गर्नुभएको थियो ।

नेपाल अर्बुदरोग निवारण संस्थाका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले सरकारले आर्थिक सहयोग उपलब्ध गराए अस्पतालले क्यान्सर बिरामीलाई निःशुल्क उपचार गर्न सकिने जानकारी दिनुभयो ।

सरकारले चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सरलाई उपलब्ध गराउने बजेटको १० प्रतिशतमात्रै उपलब्ध गराए भक्तपुर क्यान्सर अस्पतालले सम्पूर्ण क्यान्सर बिरामीको निःशुल्क उपचार गर्न सकिने उहाँले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले क्यान्सरको छुट्टै विभाग नभएका निजी अस्पताललाई गरीब तथा विपन्न क्यान्सर बिरामीलाई दिइने अनुदान दिन नहुनेतर्फ प्रदेश प्रमुखको ध्यानाकर्षण गराउनुभयो ।

“विपन्न अनुदान जथाभावी दिँदा काठमाडौँका गल्लीमा अस्पताल खुल्नेछन्”, उहाँले भन्नुभयो, “पैसा जति निजी अस्पतालमा खर्च गरेर अन्तिम अवस्थामा हामीकहाँ आउने क्रम बढ्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com