ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असार १ भित्रै राजविराजबाट नियमित जाहाज उड्ने


admin

सप्तरी, १० जेठ । लामो समयको प्रतिक्षा पश्चात् राजविराज विमानस्थलबाट असारको १ गते अघि नै नियमित उडान सुरु हुने भएको छ । श्री एयरलाइन्सको ९ एएएमए जहाजबाट काठमाडौंदेखी राजविराज विमानस्थलको रनवे उद्घाटन गर्न बिहीबार आउनुभएका संस्कृतिक पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्रनाथ अधिकारीले सो कुरा बताउनुभएको हो ।

यसअघि राजविराज विमानस्थल संचालन गर्ने गरि अघिल्लो दिन श्री एयरलाइन्सको सोही जहाजले सफल उडान परिक्षण गरेको थियो ।


नेपाल नागरिक उडड्यन प्राधिकरणद्वारा विमानस्थलको कार्यकक्षमा आयोजित “स्तरोन्नत राजविराज विमानस्थलमा उडान संचालन” कार्यक्रमको उद्घाटन पश्चात् प्रमुख अतिथि मन्त्री अधिकारीले असार १ गते भित्रै नियमित उडान सुरु हुन सबैलाई ढुक्क रहन आश्वासन दिनुभयो । उहाँले पर्याप्त यात्रु होस नहोस् यहाँबाट निश्चित् नियमित उडान हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित श्री एयरलाइन्सका प्रमुख सुधिर मित्तललाई निर्देशन दिँदै मन्त्री अधिकारीले अब ढिला नगरि असार १ गते भित्रै नियमित उडान सेवा संचालनको व्यवस्था मिलाउन भन्नुभयो ।

कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले राजविराजलाई भारतीय शहरसँग जोड्नका लागि सडक निर्माण गरिए र नियमित जहाज उडान भइरहे सप्तरीको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै प्रदेश सभा सदस्यद्वय मनिष सुमन र सत्यनारायण मण्डलले यस विमानस्थललाई यात्रुसँगै कार्गो एयरपोर्टमा पनि परिणत गर्न मन्त्री अधिकारीको ध्यानाकर्षण गराउनु भएको थियो ।

मन्त्री अधिकारीले ६ महिनाभित्र विमानस्थलमा तेल भर्ने गाडी पनि राखिने जानकारी दिदैं कार्गाे विमानस्थलको रुपमा पनि यो विमानस्थलको विकास गरिने प्रतिवद्वता जनाउनुभयो ।

मन्त्री अधिकारीसँगै जहाज चढी आएका पूर्व पर्यटन तथा नागरिक उडययन मन्त्री जितेन्द्र नारायण देवले आफुले थालेको प्रयास आज सफल भएकोमा प्रसंन्नता व्यक्त गर्दै मन्त्री अधिकारीसँग नियमित उडान सेवा र बाँकी रहेका आवश्यक पूर्वाधारका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

यसअघि श्री एयरलाइन्सको विमानबाट आइपुगेका मन्त्री अधिकारी, पूर्व मन्त्री देव, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, नागरिक उडययन प्राधिकरणका महानिर्देशक संजिव गौतम लगायतका टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

राजविराजबाट तीन किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा रहेको विमानस्थलको २०१६ सालमा तत्कालिन उद्योग मन्त्री गणेशमान सिंहले उद्घाटन गरेको थियो । तर, धावन मार्ग पक्की नहु्ँदा पटक पटक सेवा बन्द हुँदै आएको थियो । पछिल्लो पटक २०६४ साल मंसिर २ गतेदेखी यस विमानस्थलबाट हवाई सेवा पूर्ण रुपमा ठप्प रहेको छ ।

बिस. २०१६ सालमा तत्कालिन उद्योगमन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलको धावन मार्ग पक्की नहुँदा पटक पटक सेवा बन्द हुँदै आएको थियो । अन्तिम पटक बि.स. २०६५ सालमा परिक्षणकालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो भने यात्रुको अभाव देखाउँदै सो एयरले विमान सेवा पुनः बन्द गरेको थियो । विगतमा विमानस्थलबाट नेपाल वायूसेवा निगम हप्ताको २ पटक आईतबार र शुक्रबार काठमाडांै र एक पटक आईतबार लामीडाँढा उडान गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com