ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशकै ठूलो पार्टीमा महिलाको संख्यामा कमी


एबीसी न्यूज
जेष्ठ १०, २०७५ बिहीबार   १ : ४४   बजे

काठमाडौ, १० जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधानको मर्म विपरित संगठन निर्माण गरेको छ । अर्थात् संविधानले अंगीकार गरेको समानुपातिक समावेशी सिद्धान्त पालना गरेको देखिदैन।

नेपाल कम्युनिस्ट पार्टीले विभिन्न तीन तहमा नेता तथा कार्यकर्ता व्यवस्थापन गर्दा ३३ प्रतिशत महिला सहभागीता गराएको छैन । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्य रहेको सचिवालय (हाई कमाण्ड) गरि तीनै तहमा ३३ प्रतिशत महिला सहभागी रहेको देखिदैन । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा कम्तीमा पनि १ सय ४५ महिला हुनुपर्नेमा ७४ जना महिला मात्रै समेटिएका छन् । यो कूल संख्याको १६.७ प्रतिशत हो ।

त्यस्तै ४५ सदस्यीय स्थायी समितिमा १५ जना महिला हुनुपर्नेमा नेकपा एमालेको तर्फबाट एकजना अष्टलक्ष्मी शाक्य छिन् । भने, एनेकपा माओवादीले स्थायी समितिमा १९ जनाको कोटा पाएपनि अहिलेसम्म नाम टुंगो लगाउन सकेको छैन । एमाओवादीबाट समेत स्थायी समितिमा ३३ प्रतिशत महिला सहभागी हुने देखिँदैन । एमाओवादीबाट सिफारिस हुने नाममा पम्फा भुषाल, जयपुरी घर्ती र ओनसरी घर्तीको चर्चा छ ।

९ सदस्य रहेको सचिवालय (हाई कमाण्ड) मा भने एक जना पनि महिला समेटिएनन् ।
संविधानले ग्यारेन्टी गरेका ३० वटा मौलिक हक मध्ये महिलाको हक (धारा ३८) अन्तरगत ४ नम्बर बुँदामा भनिएको छ– ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ।’

संविधानले यसो भन्नु भनेको पार्टी कमिटी, उपभोक्ता समितिदेखि लिएर राज्यका हरेक तह र तप्कामा निर्माण हुने समितिमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा महिला, पुरुषको सहभागिता गराइनु पर्छ । अर्थात् देशको कुल जनसंख्याको ५१.०५ प्रतिशतको संख्यामा रहेका महिलालाई ५१.०५ प्रतिशतमै जिम्मेवारी दिनुपर्छ, सहभागी गराउनु पर्छ ।
यी हुन् नेकपाको तीन तहमा सहभागी महिला

स्थायी कमिटी
१। अष्टलक्ष्मी शाक्य
९एनेकपा माओवादीबाट टुंगो लगाउन बाँकी०

केन्द्रीय कमिटी

१ अञ्जना विसंखे
२ अमृता थापामगर
३। अष्टलक्ष्मी शाक्य
४। आशा कोइराला खनाल
५। ओनसरी घर्ती
६। उमा कोइराला
७। उर्मिला अर्याल
८। कमलादेवी महतो
९। कमला रोका
१०। कल्याणी खड्का
११। कुमारी मोक्तान
१२। गरिमा शाह
१३। गोमा देवकोटा
१४ गौरा प्रसाई कोइराला
१५। गौरी ओली
१६। गंगा बेल्वासे
१७। जयन्ती राई
१८। जयपुरी घर्ती
१९ जया घिमिरे
२०। जुली महतो
२१। तारा घर्ती
२२। थममाया थापा
२३।दामा शर्मा
२४। दिलु पन्त
२५। दुर्गा जयन्ती राई
२६। देवी खड्का
२७। धर्मशिला चापागाई
२८। नारायणी शर्मा
२९। निरा जैरु
३०। निरुदेवी पाल
३१। पद्मा अर्याल
३२। पम्फा भुषाल
३३। पार्वती थापा
३४। पूर्णकुमारी सुवेदी
३५। पुष्पा घर्ती
३६। बलावती शर्मा
३७। मीना मगर
३८। बिन्दा पाण्डे
३९। बिना श्रेष्ठ
४०। बिमला घिमिरे
४१। बिमला सुवेदी
४२। बोधमाया यादव
४३। भगवती चौधरी
४४। मना केसी
४५। ममता गिरी
४६। मञ्जु चौधरी
४७। यशोदा सुवेदी
४८। रचना खड्का
४९। राधा ज्ञवाली
५०। रामकुमारी चौधरी
५१। रामुकुमारी झाक्री
५२। रामरतीदेवी राम
५३। रुपा चौधरी
५४। रेखा शर्मा
५५। रेणु चन्द
५६। रेणु दाहाल
५७। लक्ष्मी पोखरेल
५८। लिला भण्डारी
५९। सत्या पहाडी
६०। सरला यादव
६१। समिता कार्की
६२। साबित्रा भुषाल
६३। सीता गिरी ओली
६४। सीता पोखरेल
६५। सीता पौडेल
६६। सीता सुन्दास
६७। सुजिता शाक्य
६८। शशी श्रेष्ठ
६९। शान्ता चौधरी
७०। शारदा सुवेदी
७१। सुशिला नेपाल
७२। सुशिला सिम्खडा
७३। सुशिला श्रीपाइली
७४। श्रीमाया थकाली

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group