ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकारमा


एबीसी न्यूज

 म्याग्दी, १० जेठ ।  म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ ।

२०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजल विद्युत् परियोजनाको विद्युत्गृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो ।

विद्युत्को अभावमा विद्यालयका विद्यार्थी, स्वास्थ्य चौकीमा नियमित उपचारसहित गाउँको जनजीवन प्रभावित भएको वडाध्यक्ष गमप्रसाद विकले बताउनुभयो । “विद्युत् आपूर्ति रोकिएको एक वर्ष बित्न लाग्यो, सोलार र टुकी बाल्नुपर्ने बाध्यता छ” विकले भन्नुभयो ।

उहाँले अधिकांश दलितको बसोबास रहेको लुलाङमा गरिबीका कारण सोलार र मैनबत्तीसमेत किन्न नसक्दा बालबालिकाले साँझपख पढ्नबाट वञ्चित हुँदा शैक्षिक गतिविधि प्रभावित भएको दुुखेसो गर्नुभयो । परियोजनाको अधिकांश संरचना पहिरोले क्षति पु¥याएपछि गाउँपालिकाले विनियोजन गरेको रु २३ लाख बजेटले परियोजना पुनःनिर्माण सम्भव नभएपछि अलपत्र परेको उहाँले जानकारी दिनुभयो । तीनसय २५ घरधुरीले प्रयोग गर्ने परियोजनालाई नयाँ ठाउँमा सञ्चालन गर्न सर्वेसहितको प्राविधिक काम सकिएको गाउँलेले बताएका छन् ।

परियोजना बन्द भएपछि केही गाउँलेले ऋण लिएरसमेत सोलार जडान गरेका छन् । “गाउँले मर्कामा परेका छन्, विकट बस्तीमा सरकारी बजेटले प्राथमिकता पाउन सकेन” स्थानीय बृद्ध टेकलाल रसाइलीले भन्नुभयो ।

उहाँले बत्तीका साथै गाउँमा खानेपानीको समेत चरम संकट रहेको बताउँदै गाउँ नजिक रहेका मुहानलाई मर्मतसहित नयाँ पाइप विस्तार गर्न नसक्दा गाउँमा खानेपानीको पनि हाहाकार भएको बताउनुभयो । “आधारभूत आवश्यकताबाटै वञ्चित हुनुपरेको छ, खानेपानी र बाल्ने बिजुलीलाई पहल गर्दा पनि सफल हुन सकेनाँै” उहाँले भन्नुभयो ।

लुलाङमा रहेका सार्वजनिक धारामा बिहानैदेखि लाइन बस्नुपर्ने बाध्यता रहेको छ । सञ्चार सुविधाबाट समेत सहज नभएकाले गाउँलेले नजिकैको डाँडामा पुगेर मोबाइलबाट कुराकानी गर्ने गरेका छन् ।

मोबाइलसहित अन्य उपकरण चार्ज गर्न स्थानीयले छिमेकी मुनामा पुग्नुपर्ने बाध्यता रहेको छ । स्थानीयले सञ्चार, विद्युत्, खानेपानी समस्या तत्काल समाधान गर्न माग गरेका छन् । “देशकै दुर्गम बस्तीका जनता जस्तो लाग्छ, अति आवश्यक सेवाबाटै वञ्चित छाँै” स्थानीय राम रसाइलीले भन्नुभयोे । उहाँले खानेपानीका लागि बालबालिकाले जोखिम मोल्नुपर्ने बाध्यता रहेको बताउँदै जनश्रमदानबाट मात्रै सम्भव नभएको बताउनुभयो ।

पहिरोले खानेपानीको मुहानमा समेत क्षति पुगेपछि लुलाङ र लम्सुङबाका बासिन्दाले दैनिक पानीको खोजीमा हिँड्नुपर्ने बाध्यता रहेको छ । यता गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले जनताको समस्यालाई नजिकबाट हेरेको बताउँदै समस्याको समाधानका लागि पहल भइरहेको बताउनुभयो । “लुलाङको समस्यालाई प्रदेश र केन्द्रीय सरकारसमक्ष पु¥याएका छौँ, विकट बस्तीमा प्राकृतिक प्रकोपले समेत सताइरहेको छ” उहाँले भन्नुभयो ।

लघुजलविद्युत्, खानेपानी, शिक्षा र सञ्चारको समस्या समाधानका लागि स्थानीय सरकारको बजेटबाट मात्रै अपुग भएकाले थप बजेटका लागि माग गरिएको बताउनुभयो । जिल्लाकै अति विकट मानिने गुर्जा तथा छिमेकी जिल्ला बागलुङ जाने स्थानीयलाई लक्षित गरी गाउँमा होमस्टे सञ्चालन गरेपनि खानेपानी र विद्युत्को अभावले समस्या भइरहेको छ । विद्युत्बाट चल्ने विभिन्न किसिमका उपकरणमा आधारित साना उद्योगसमेत बन्द भएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com