ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलिउडको महँगा सात आईटम गर्ल


admin
जेष्ठ ९, २०७५ बुधबार  ६ : १२ बजे

काठमाडौं, ९ जेठ । फिल्मलाई हिट बनाउन बलिउडले आईटम गीतलाई फर्मुलाको रुपमा प्रयोग गर्दै आएको छ । सुपरस्टारको चलचित्रमा पनि आईटम गीतलाई समावेश गरिएको हुन्छ, यसले पनि निर्माताले आईटम गीतलाई प्राथमिकता दिन्छन् भन्ने पुष्टि गर्छ । बलिउडका नाम चलेका हिरोईनहरुले पनि आईटम गीतमा नाचेका छन् । अहिलको हटकेक दिपीका पादुकोण, प्रियंका चोपडादेखि सनि लियोनसम्मले आईटम सङ्गमा कम्मर मर्काएका छन् । उनीहरुले एउटा गीतमा नाचेबापत कति लिन्छन् ? प्रस्तुत छ बलिउडका सात महँगा आईटम गर्ल र उनीहरुले लिने पारिश्रिमको

सनी लियोनः ४ करोडदेखि ५ करोड

आइटम सङ्गसमा सनी लियोनको सबैभन्दा बढी माग छ । उनले शाहरुख खानजस्ता सुपरस्टारको चलचित्र ‘रईस’ मा पनि आइटम सङ्गस गरिसकेकी छन् । उनले एउटा आइटम सङ्गसका लागि ४ देखि ५ करोड भारतीय मुद्रासम्म लिने गरेकी छन् । सनी लियोनमा फिल्माइएका आइटम सङ्गस निकै चर्चितसमेत हुने गरेका छन् ।

प्रियंका चोपडाः ३ देखि ४ करोड

प्रियंका चोपडाले ‘राम जाने’जस्ता चर्चित आइटम सङ्गस गरिसकेकी छन् । उनी एउटा सङ्गसका लागि ३ देखि ४ करोड भारतीय रुपैयाँसम्म लिने गर्दछिन् । अर्को कुरा उनी ए ग्रेडको चलचित्रका आइटम सङ्गस मात्रै गर्न रुचाउँछिन्।

कैटरिना कैफः ३ करोड रुपैयाँ

कैटरिना कैफले चिकनी चमेली र शीलाकी जवानीजस्ता आइटम सङ्गस गरिसकेकी छन् । उनी एउटा आइटम सङ्गसका लागि करिब ३ करोड भारतीय रुपैयाँसम्म लिने गर्दछिन् । उनी सम्बन्धका आधारमा मात्र आइटम सङ्गस गर्ने गर्दछिन् ।

दीपिका पादुकोणः ३ करोड

कैटरिनाले जस्तै दीपिका पादुकोणले पनि आफ्ना मित्र निर्माता निर्देशक वा हिरोका लागि मात्रै आइटम सङ्गस गर्ने गर्दछिन् । उनले एउटा आइटम सङ्गसका लागि ३ करोड भारतीय रुपैयाँ लिने गरेकी छन्।

जैकलिन फर्नान्डिजः २ करोड रुपैयाँ

बागी २ मा जैकलिन फर्नान्डिजले ‘एक दो तीन’ आइटम सङ्गस गरेकी थिइन् जुन खासै मन पराइएन । उनी एउटा आइटम सङ्गसका लागि दुई करोड भारतीय रुपैयाँ लिने गर्दछिन् ।

मलाइका अरोराः २ करोड रुपैयाँ

मलाइका अरोरा अब आइटम सङ्गसमा रुची लिन छाडेकी छन् । त्यसो त उनको मूल्य एउटा आइटम सङ्गसका लागि २ करोड भारतीय रुपैयाँ हो ।

उर्वशी रौटेलाः ५० लाख रुपैयाँ

उर्वशी रौटेलामाथि फिल्माइएको आइटम सङ्गस ‘सारा जमाना’ निकै हिट रह्यो । उर्वशीले एउटा सङ्गसका लागि ५० लाख भारतीय रुपैयाँ लिने गरेकी छन् ।

(उल्लेखित रकम भारतीय मुद्रा हो)

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com