ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठगी अभियोगमा सहकारी अध्यक्ष पक्राउ


admin
जेष्ठ ९, २०७५ बुधबार  ३ : २६ बजे

नुवाकोट, ९ जेठ।  बचतकर्ताबाट सङ्कलित लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको छ ।

नगरपालिका–१० गेर्खुटारका ४५ वर्षीय प्याकुरेललाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा जिल्ला अदालतमा मंगलबार ठगी मुद्दा दर्ता गरी कारवाहीका लागि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सहकारीका बचतकर्ता सुजित खड्गे, दुर्गादेवी खड्गे, राममाया थापा र होमबहादुर खड्काले आफूहरुले जम्मा गरेको रु पाँच लाखभन्दा बढी फिर्ता नगरेको र राजन बोगटीले सहकारी संस्थाले आफ्नो करीब दश रोपनी जग्गा सहकारी बैंकमार्फत रु १४ लाख ऋण लिएर लिलामीको अवस्थामा पु¥याएको भन्दै दिएको छुट्टाछुट्टै उजुरीका आधारमा प्याकुरेललाई ठगी मुद्दामा कारवाही थालिएको हो ।

“प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध तीन सयभन्दा बढी बचतकर्ताको करीब रु ६० लाख लामो समयसम्म फिर्ता नगरेको र शेयर सदस्यको शेयरपूँजी अपचलन गरेको अभियोग देखिएको छ,” प्रहरी निरीक्षक शाहले भन्नुभयो, “सहकारीका अध्यक्ष कारवाहीको दायरामा तानिएपछि थप अरूको पनि मिलेमतो पाइएकाले संलग्नलाई नियन्त्रणमा लिन लागिएको छ ।”

सहकारीका अध्यक्ष पक्राउ परेपछि बचतकर्ता र शेयर लगानीकर्ताले प्रहरीसमक्ष मौखिक र लिखित उजुरी दिने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com