ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आत्मसमर्पण गर्न नेपाल आएका थिए गोरे


एबीसी न्यूज
जेष्ठ ९, २०७५ बुधबार  ८ : ५६ बजे


काठमाडौं, ९ जेठ । तस्करीको सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे आत्मसमर्पण गर्न नेपाल आफैं आएको खुलेको छ।

गोरेलाई छानबिन समितिले काठमाडौंको गौरीघाटबाट मंगलवारबिहान साढे पाँच बजे पक्राउ गरेको थियो।तस्करीको ३३ किलो सुनकाण्ड र सनम हत्या काण्डको मुख्य अभियुक्त गोरेलाई बनाईएको र ४ वर्षमा करिव ३८ सय किलो अवैध सुन गोरेलेनै भित्र्याएको भन्ने कुरा आएपछि सत्य कुरा बाहिर ल्याउन गोरे आफैं नेपाल आएको स्रोतले जानकारी दिएको छ ।

स्रोतले भन्यो ‘तस्करीको सुन व्यवस्थापन गर्ने गोरेलाई ३८ सय किलो सुनको मालिक नै जस्तै बनाइयो। त्यो कुरा गोरेलाई चित्त बुझेन। उनी आफै आएर समितिसमक्ष सुनमा खास कसको लगानी भन्ने बारेमा खुलाउन चाहन्थे।’

प्रहरीले इन्काउन्टर गर्न सक्ने भएकाले उनलाई आत्मसमर्पण गर्न लगाउने योजना गोरेका आफन्तले बनाएका हुन्। यो मुद्दामा पक्राउ परेकामध्ये केही गोरेका आफन्त पनि छन्। गोरेका बुवाले गोरे भागिरहे उनको ज्यान नै खतरामा पर्ने बरू आत्मसमर्पण गरे ज्यान जोगिने भन्दै उनलाई काठमाडौं बोलाउन अरू आफन्तलाई आग्रह गरेका थिए।स्रोतका अनुसार गोरे सोमबार काठमाडौं आएका थिए।

उनी काठमाडौं आएको कुरा उनका परिवारले समितिलाई सूचना दिएपछि उनलाई मंगलबार पक्राउ गरिएको थियो । गोरेलाई मोरङ जिल्ला अदालतमा सुन तस्करी र त्यससँग सम्बन्धित सनम शाक्य हत्या प्रकरणमा पेश गरिएको छ ।
मंगलबार काठमाडौंबाट पक्राउ गरी मोरङ पुर्‍याइएका गोरेलाई अपराह्न जिल्ला अदालतमा पेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com