ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगरमा रहेको फिल्ड अफिस बन्द गर्ने भारतको घोषणा


एबीसी न्यूज
जेष्ठ ८, २०७५ मंगलबार   २ : २३   बजे

काठमाडौं, ८ जेठ । २०६५ भदौमा कोशीमा बाढी आएको केही समयपछि विराटनगर महानगरपालिका १३ स्थित मलाया रोडमा झण्डा सहित भारतले खडा गरेको भारतिय फिल्ड अफिस हटाउने भएको छ । विगत १० वर्षसम्म सो अफिस हटेको थिएन।

वैशाख २८ गते नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरको फिल्ड अफिस हटाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाइसकेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्रायलले कार्यालयको प्रयोजन समाप्त भएको र त्यहाँ रहेका सुरक्षाकर्मीहरूको स्थानान्तरण गरिएको जनाएको छ। पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि व्यवसायीको आग्रहमा व्यापार सहजीकरणका लागि भारतले अस्थायी कार्यालय खोलेको थियो।

शनिबार (जेठ ५ गते) नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै विराटनगरमा रहेको फिल्ड अफिस हट्ने बताएका थिए।

‘विराटनगरको अफिस एउटा खास प्रयोजनका लागि राखिएको थियो, समय सन्दर्भ समाप्त भएपछि त्यो उठ्नपर्थ्यो। उठाउ भनेपछि उठाउनुपर्थ्यो, त्यो नउठाउने कुरा बेठीक हो अब विराटनगरको अफिस रहँदैन त्यो हटाइन्छ’, ओलीले बानेश्वर स्थित संसद भनवमा बसेको संसदीय दलको बैठकमा भनेका थिए।

दुई दलबीच एकता हुनुअघि संसदमा तत्कालिन माओवादीको सांसदको हैसियतमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे बोल्दै पम्फा भुषालले विराटनगरको फिल्ड अफिस हट्ने विषयमा प्रगति नभएकोमा आपत्ति जनाएकी थिइन्।

कोसीमा बाढीका बेला स्थापना भएको उक्त कार्यालय बन्द गराउन नेपाल सरकारले यसअघि पनि पहल गरेको थियो। परराष्ट्र मन्त्रालयले पत्र काटेरै दुतावासलाई फिल्ड अफिस हटाउन आग्रह गर्दा समेत अटेर गर्दै आएको थियो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री भएका बेला दुतावासलाई कार्यालय हटाउन पत्राचार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group