ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक पारित, प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते सोमबार


एबीसी न्यूज
जेष्ठ ४, २०७५ शुक्रबार   ४ : १६   बजे

काठमाडौं, ४ जेठ । सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ सर्वसम्मतिले स्वीकृत भएको छ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको सार्वजनिक सुरक्षा तेश्रो संशोधन विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । विधेयकमा नजरबन्दमा रहेका व्यक्ति र तीनका नजिकका नातेदारलाई त्यसबारे जानकारी दिनुपर्ने भन्ने नयाँ प्रावधान राखिएको छ।
यसअघि बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सार्वजनिक महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद सञ्जय कुमार गौतमले कुनै समय नेपाली कांग्रेस पनि सबैभन्दा ठूलो पार्टी थियो भन्ने नविर्सन सत्तारुढ दललाई सचेत गराए। चुनावी परिणामलाई स्वीकार गर्दै सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने प्रतिवद्धता जनाईसकेकाले जिम्मेवार नेताले अभिव्यक्ति दिँदा कांग्रेसको विगतलाई हेक्का राख्न उनले नेताहरुको ध्यानाकर्षण गराए।
उनले भक्तबहादुर सुनारको जेल भित्रै मृत्यु भएको भन्दै सोबारे छानविन गरि सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका थिए।
सांसद कमला रोकाले रुकुम(पुर्व)का कैयौँ सरकारी कार्यालयहरु कर्मचारीविहिन भएको उल्लेख गर्दै विशेष सेवा सुविधा दिएर भएपनि हिमाली जिल्लामा कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराइन्।
सांसद दुर्गा पौडेलले ठुलो विकासका बजेट प्रादेशिक संरचनाका कारण कटौती हुने संभावना रहेको भन्दै त्यसो नगर्न आग्रह गरिन्। सांसद यशोधा गुरुङ सुवेदीले हिमालपारीको जिल्ला मनाङमा उचित मोटर सञ्जालले छुन नसकेको भन्दै मोटर सहज ढंगले सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरिन्। सबै जिल्लाहरुमा मोटरबाटो पुर्याउने सरकारको लक्ष अनुसार जिल्लामा मोटरबाटो विस्तारका लागि बजेट विनियोजन गर्न माग गरे। बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा आगामी जेठ ७ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी गराउँदै सचिवालयले निर्धारण गरेको पोसाकमा अपरान्ह पौने ४ बजेभित्र आ–आफ्नो स्थानमा आसनग्रहण गर्न सांसदहरुलाई सुचीत गरेका थिए। प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते सोमबार अपरान्ह साढे ५ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group