ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीआइए निर्देशकमा जीना ह्यास्पेल: सीआइए हाँक्ने पहिलो महिला


admin
जेष्ठ ४, २०७५ शुक्रबार  ११ : ४१ बजे

एजेन्सी, ४ जेठ । अमेरिकी गुप्तर संस्था सीआइएमा महिलालाई पहिलोपल्ट निर्देशकको रुपमा नियुक्त गरिएको छ ।

सीआईए निर्देशकका रूपमा जिना ह्यास्पेललाई नियुक्त गर्न राष्ट्रपति ट्रम्पले गरेको सिफारीस अमेरिकी सिनेटले अनुमोदन गरेको हो ।

सन् २००१ सेप्टेम्बरमा अमेरिकामा भएका आतंकवादी हमलापछि गुप्तचर निकायले चलाएको विवादास्पद केरकार तथा सोधपूछ कार्यक्रममा उनको पनि भूमिका रहेको थियो।

राष्ट्रपति बुसको कार्यकालमा सीआइएले अपनाएको पट्टी बाँधेर पानीमा डुबाउने सहितका यातना दिने कतिपय शैलीलाई लिएर सांसदहरूबीच दलीय आधारमा विभाजन देखिएपनि जिना ह्यास्पेलका पक्षमा ५४ र विपक्षमा ४५ मत परेको थियो।

सीआइएकी वरिष्ठ कर्मचारी ह्यास्पेलले सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि थाइल्याण्डमा रहेको एउटा भूमिगत अखडा हेर्ने जिम्मेवारी पाएकी थिइन्।उनी अघिका सीआइए प्रमुख माइक पोम्पेओले विदेशमन्त्री बन्न पद छाडेका थिए।

भियतनामको जेलमा पाँच वर्षभन्दा बढी अवधि बिताएका रिपब्लिकन सिनेटर जोन मक्केनले यसअघि राष्ट्रपतिको मनोनयन प्रति आफ्नो विरोध रहेको बताएका थिए।

बिहीवार ६ जना डिमोक्रयाट सांसदहरूले पार्टीको नीति विपरित उनको पक्षमा मतदान गरे।

त्यसमध्येका एक भर्जिनियाका सिनेटर मार्क वार्नरले ह्यास्पेलले सिआइएले त्यस्तो खालको केरकार कार्यक्रम सञ्चालन नगरेको भए उपयुक्त हुने धारणा आफूसँग राखेको बताए। उनका अनुसार राष्ट्रपतिले आदेश दिएपनि भावी दिनमा आफूले त्यस्तो यातनाका शैलीहरू नअपनाउने बताइन्।

दूई जना रिपब्लिकनले उनको विपक्षमा मत हालेकाले डिमोक्र्याटहरूको समर्थनविना उनको मनोनयन स्वीकृत हुनसक्ने अवस्था थिएन। सिआइएमा ३३ वर्ष काम गरेकी ह्यास्पेलले अधिकांश समय भूमिगत गुप्तचरको भूमिका निर्वाह गरेकी थिइन्। सन् २००२ मा उनलाई सिआइले थाइल्याण्डस्थित ुब्ल्याक साइटु भनिने कडा केरकारका गोप्य कार्यक्रम चलाइने स्थान सम्हाल्न पठाएको थियो। अमेरिकी सिनेटले तयार पारेको एउटा प्रतिवेदनमा त्यहाँ कठोर यातनाहरू दिइएको निष्कर्ष निकालेको छ।

एक जना अब्दल रहिम अल नासिरि नामक संदिग्धलाई क्रुर शैलीमा यातना दिइएको थियो जुन शैलीका यातनालाई राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालमा प्रतिबन्धित गरेका थिए।ह्यास्पेलले जिम्मेवारी सम्हालिसकेपछि केरकार गरिएका अल नासिरीलाई निदाउनबाट वञ्चित गर्ने, नाङ्गै राख्ने, कडा तापक्रममा बस्न विवश पार्ने, सानो बाकसमा थुन्ने र पटक पटक पर्खालमा ठोक्काउने गरिएको थियो।

तीन वर्षपछि ह्यास्पेलले उनी र अर्का एक संदिग्धलाई यातना दिइएका दृश्य समावेश ९२ वटा भिडियो नष्ट गर्न आदेश दिएकी थिइन्। सन् २०१४ मा अमेरिकी सिनेटले तयार पारेको एउटा प्रतिवेदनका अनुसार वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा भएका आक्रमणपछि ११९ जना पुरूषलाई यातना दिइएको थियो।

अधिकारवादी संघ संस्थाहरूले ह्यास्पेलले थाइल्याण्डपछि पनि यातना सम्बन्धी कार्यक्रममै थप जिम्मेवारी पाएको बताउने गरेका छन् तर त्यसपछि उनको भूमिका स्पष्ट छैन् किनभने सिआइएले उनकाबारेका जानकारीलाई गोप्य राखेको छ।

राष्ट्रपति ट्रम्पले विगतमा अमेरिकाले आतंकवादी गतिविधिका संदिग्धहरूलाई पानीमा डुबाएर यातना दिने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com