ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता भोलि बिहीबार अौपचारिक घोषणा हुने – एमाले उपाध्यक्ष वामदेव


एबीसी न्यूज
जेष्ठ २, २०७५ बुधबार   ८ : ११   बजे

काठमाडौं,  २ जेठ ।  मुलुकका प्रमुख कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माअोवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता भोलि बिहीबार अौपचारिक घोषणासँगै हुने भएको छ।

बुधबार सम्पन्न एमाले स्थायी कमिटी बैठकपछि जानकारी दिँदै बैठकमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले बिहीबार बिहान पार्टी एकता समन्वय समितिको बैठक बसेर पार्टी एकतासम्बन्धी निर्णय गर्ने जानकारी दिए।

‘दिनभर पार्टी एकताका लागि बाँकी काम हुन्छ र बेलुकी पार्टी एकताको घोषणा हुन्छ’, उनले भने। एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा अोलीले बुधबार बिहान माअोवादी अध्यक्ष प्रचण्डसँग भएको सहमतिबारे जानकारी गराएका थिए।

दुई पार्टीका अध्यक्षबीच अब बन्ने पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको छ, जसमा २४१ एमालेबाट र २०० माअोवादी केन्द्रबाट रहनेछन्।

यसरी नै ४३ सदस्यीय स्थायी समिति बनाउने सहमति भएको अध्यक्ष अोलीले बैठकलाई जानकारी गराएका थिए। स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माअोवादी केन्द्रबाट रहनेछन्। यसरी नै महाधिवेशनसम्म दुवै अध्यक्ष कायम रहने सहमति भएको समेत उनले जानकारी दिए। विवादमा रहेको चुनाव चिह्नबारे भने सचिव भट्टराईले सूर्य नै हुने संकेत गरे।

उनले भने, ‘चुनाव चिह्नचाहिँ तपाईंहरूले अनुमान गरेकै हुन्छ।’ बुधबार बिहान एकताका विषयमा छलफल गर्न एमाले र माअोवादी केन्द्रका अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएपछि एमाले स्थायी कमिटीको बैठक डाकिएको थियो। दुवै अध्यक्षले बिहीबार बिहान पार्टी संयोजन समितिको बैठक बोलाउने सहमति गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group