ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योग क्षेत्रमा दुई खर्बभन्दा बढीको लगानी


admin

चितवन, २७ वैशाख । औद्योगिक क्षेत्र बनिनसके पनि जिल्लामा विभिन्नखालका उद्योगमा लगानी गर्ने क्रम बढ्दै गएको छ । रु दुई खर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ ।

सरकारी र निजी क्षेत्रले यकिन तथ्यांक संकलन नगरे पनि उद्योगीले गरेको अनुमानमा जिल्लाका विभिन्न क्षेत्रका उद्योगमा रु दुई खर्बभन्दा बढी लगानी भएको पाइएको छ । व्यवसायीका अनुसार यस जिल्लामा सबैभन्दा बढी पोल्ट्री क्षेत्रमा लगानी भएको छ ।

पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार देशभरमा पोल्ट्री क्षेत्रमा रु ८० अर्बभन्दा बढी लगानी छ । रु ४० अर्बभन्दा बढी लगानी चितवनमा मात्रै छ । दाना उद्योग, ह्याचरी, पोल्ट्री फार्मलगायतमा लगानी भएको हो । दानामा भारतीय र चिनियाँ व्यवसायीले समेत लगानी गरेका छन् ।

पोल्ट्रीपछि सबैभन्दा बढी लगानी होटल क्षेत्रमा भएको छ । सौराहा र राप्ती नदी किनारमा पर्यटकीय ठूला होटल रहेका छन् । त्यसैगरी भरतपुर र रत्ननगर क्षेत्रमा पनि होटल एवं पार्टी प्यालेसमा ठूलो लगानी भएको छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार जिल्लामा १५४ वटा पर्यटकीय होटल छन् । सो क्षेत्रमा रु १५ अर्बभन्दा बढी लगानी भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि ठूलो लगानी भएको देखिएको छ । चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेका अनुसार सो मेडिकल कलेजमा मात्रै रु चार अर्ब लगानी भएको छ । एउटा मेडिकल कलेज र २२ वटा निजी अस्पताल जिल्लामा छन् । मेडिकल कलेज र निजी अस्पतालमा गरी रु १५ अर्बभन्दा बढी लगानी भएको अनुमान छ ।

शिक्षा क्षेत्रमा पनि जिल्लामा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष देशबन्धु अधिकारीका अनुसार जिल्लामा रहेका १८० निजी विद्यालयमा रु १० अर्बभन्दा बढी लगानी छ । त्यस्तै प्राविधिक कलेजहरुमा पनि ठूलो लगानी रहेको कलेजका सञ्चालकहरु बताउँछन् । युनाइटेड टेक्निकल कलेज भरतपुरका अध्यक्ष चूडामणि खनालका अनुसार प्राविधिक कलेजमा रु तीन अर्बभन्दा बढी लगानी रहेको छ ।

उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजन गौतमका अनुसार जिल्लाका उद्योगको यकिन तथ्यांक संकलन नभए पनि करीब चार हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन् ।

गौतमका अनुसार रु एक अर्बभन्दा बढी लगानी भएका उद्योगको संख्या २५ भन्दा बढी छ भने रु ५० करोडभन्दा बढी लगानी भएका उद्योग १००, रु २५ करोडभन्दा बढी लगानी भएका उद्योग २००, रु १० करोडभन्दा बढी लगानी भएका उद्योग ४०० र रु एक करोडभन्दा बढी लगानी भएका उद्योग ८०० रहेका छन् । रु एक करोडभन्दा कम लगानीमा सञ्चालन भएका उद्योगको संख्या तीन हजारभन्दा बढी भएको गौतमले बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको तथ्यांकअनुसार जिल्लामा हालसम्म दर्ता भएका उद्योगको संख्या नौ हजार ६६३ रहेको छ । कार्यालयमा सेवा क्षेत्रका फार्मसमेत दर्ता हुने गर्छन् । सो कार्यालयको तथ्यांकअनुसार उद्योग एवं फार्ममा रु १३ अर्ब ९५ करोडभन्दा बढी लगानी भएको छ । अधिकांश ठूला उद्योग कम्पनीमा दर्ता भएकाले ती उद्योगको यकिन तथ्यांक जिल्लामा उपलब्ध हुन नसकेको हो ।

उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले जिल्लाका उद्योगमा रु दुई खर्बभन्दा बढी लगानी भएको बताउनुभयो । पोल्ट्री, होटल, हस्पिटल, शिक्षासँगै उत्पादनमूलक क्षेत्रमा ठूलो लगानी भएको उहाँको भनाइ छ । जिल्लामा तीन वटा बियर उद्योग छन् भने मदिराका उद्योग, बोटलर्स नेपाल (तराई) लि, फर्माटिकल्सहरु, प्लाष्टिकजन्य उत्पादन, कृषिजन्य उद्योगजस्ता पाता, ब्लक, फर्निचर, चाउचाउ, फलामलगायतका उद्योग रहेको उहाँले बताउनुभयो ।

दुवाडीका अनुसार शक्तिखोरमा निर्माण हुन लागेको शक्तिखोर औद्योगिक क्षेत्र शुरु भएपछि थप रु दुई खर्ब लगानी हुने अपेक्षा गरिएको छ । सो क्षेत्रमा एक हजार उद्योग सञ्चालन गर्न सकिने भन्दै उहाँले पुराना ५०० उद्योग र नयाँ ५०० उद्योग त्यहाँ रहने बताउनुभयो ।

देशमै सबैखाले उद्योगको क्षेत्रमा सबैभन्दा बढी लगानी भएको जिल्ला चितवन हो । देशभरका बासिन्दाको संगमथलो चितवन भएकाले उद्योगमा पनि विविधता भएको उहाँले बताउनुभयो ।

उद्योग संघले नवलपुर र मकवानपुरलाई चितवनमा जोडेर औद्योगिक र आर्थिक राजधानी बनाउन केन्द्र सरकारलाई प्रस्ताव गरेको दुवाडीले बताउनुभयो । काठमाडौँं साँघुरो भएकाले काठमाडौँ र देशकै लागि चाहिने उत्पादन गर्ने क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्न सकिने उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले औद्योगिक वातावरण जिल्लामा रहेकाले लगानी गर्ने क्रम बढेको बताउनुभयो । शक्तिखोर औद्योगिक क्षेत्र बनेसँगै उद्योगमा थप लगानी हुने उहाँको भनाइ छ ।

पछिल्लो समय कोरिया र चीनका लगानीकर्ताले जिल्लामा उद्योगको क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com