ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आव २०७५/०७६ को प्राथमिकता परेका बजेट


एबीसी न्यूज
बैशाख २६, २०७५ बुधबार  ४ : १४ बजे

काठमाडौं, २६  वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष ०७५/७६ का लागि आउने बजेटका प्राथमिकताका (कर प्रस्तावबाहेकका) विषयमाथि छलफल गर्न प्रस्ताव पेश गर्नुभएको छ ।

संसदमा छलफलको प्रस्ताव राख्दै उहाँले नेपालको संविधानमा उल्लिखित नागरिकका मौलिक हकलाई ध्यानमा राखेर बजेटका प्राथमिकता तय गरिएको बताउनुभयो । आफूले नेपालले प्रतिवद्धता जनाएको अल्पविकसित देशबाट स्तरोन्नति हुने लक्ष्य र दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राखेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

आउँदो बजेटका प्राथमिकताहरु

  • गरिबी अन्त्य गर्ने, सार्वजनिक र सहकारीबीच सहकार्य गर्ने, संघीयताको कार्यान्वयनका लागि ३ नै तहबीच समन्वय गर्ने ।
  • सरकारी वित्त व्यवस्थापनलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने ।
  • गैरसरकारी संस्थालाई सरकारका विकासका कार्यहरुमा सहयोगीको भूमिकामा राख्ने ।
  • उच्च आर्थिक वृद्दिलाई बढावा दिने, मुद्रास्फीतिलाई वाञ्छित दायराभित्र राख्ने ।
  • विप्रेषण आयलाई बैंकिङ प्रणाली अन्तर्गत ल्याउने ।
  • चरम गरिबी र भोकमरीलाई घटाउने, स्वच्छ पानी र सरसफाईका साथै अधारभूत र आकस्मिक स्वास्थ्य सेवामा सबैको पहुँच बढाउने, स्वास्थ्य बीमा गराउने ।
  • निरक्षरता उन्मूलन तथा नीजी तथा सार्वनजनिक विद्यालयबीचको समन्वय ।
  • रोजगारीका अवसर सिर्जना गर्ने, श्रमिकको क्षमता अभिवृद्दि गरि उत्पादकत्व बढाउने तथा श्रमीकको उचित पारिश्रमिकको सुनिश्चितता गर्ने ।
  • पर्यटकीय गन्तव्यको विकासका साथै संस्कृति र खेलकुद क्षेत्रको विकास गर्ने ।
  • निर्माण व्यवसायीलाई जवाफदेही र पारदर्शी बनाउने ।
  • यातायात क्षेत्रलाई पूर्ण प्रतिस्पर्धी बनाउने, नवीकरणीय उर्जालाई प्राथमिकतामा राख्ने ।
  • प्रदेश तथा स्थानीय तहका लागि आर्थिक र भौतिक सहयोग उपलब्ध गराउने ।
  • भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै भत्किएका निजी निवास तथा सांस्कृतिक धरोहरको पुनर्निर्माणलाई तीव्रता दिने ।
  • अन्य प्रकोपका पीडितहरुलाई राहतको व्यवस्था गर्ने ।
  • भ्रष्टाचार नियन्त्रण तथा सुशासनलाई प्राथमिकता दिने ।
  • व्यवसाय क्षेत्रको सबै प्रकारको एकाधिकार अन्त्य गर्दै प्रतिस्पर्धी बनाउने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com