ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो कर्णाली जलविद्युत आयोजना भारतलाई नदिन आग्रह


एबीसी न्यूज
बैशाख २५, २०७५ मंगलबार  ७ : ४९ बजे

सुर्खेत, २५  वैशाख । माथिल्लो कार्णाली जलविद्युत आयोजना निर्माणको काम भारतलाई दिन नहुने भन्दै माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियानले कर्णाली प्रदेश सरकारको ध्यानाकषर्ण गराएको छ । अभियानको केन्द्रीय समितिले कर्णाली प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई सोमबार ज्ञापन पत्र बुझाउँदै  माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माणको जिम्मा भारतीय कम्पनी जीएमआरलाई दिन नहुने बताएको हो ।

माथिल्लो कर्णालीको निर्माणको जिम्मा भारतलाई दिन नहुने भन्दै एक दशक अघिदेखि आवाज उठाउँदै आए पनि सुनुवाई नभएको भन्दै समितिले प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको बताएको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजना राष्ट्रको हित विपरित भएकोले पीडीए खारेज गरिनुपर्ने माग राखिएको जानकारी दिएको छ ।  मन्त्री भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै समितिका अध्यक्ष भरतबहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई जतिसक्दो छिटो नेपाली लगानीमा निर्माण सम्पन्न गर्नका लागि आग्रह गर्नुभयो ।

यस्तै, ज्ञापन पत्रमा दक्षिणी नाकालाई कर्णाली प्रदेशसँग जोड्नका लागि बाँके बर्दियालाई कर्णालीमा समावेश गरिनुपर्ने माग पनि राखिएको पनि उहाँले बताउनु भयो । बाँके बर्दिया कर्णालीमा नहुँदा यो प्रदेशलाई धेरै घाटा हुने भन्दै यसतर्फ पनि प्रदेश सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । ज्ञापनपत्र बुझ्दै कार्यवाहक मुख्यमन्त्री भण्डारीले प्रदेशको हित विपरित हुने कुनै पनि गतिविधिप्रति सरकार सचेत रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन–सरकारका प्रवक्ता

यौनधन्दामा चलाएको आरोपमा ठमेलबाट ५ विदेशी महिला पक्राउ

सम्बन्धित

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

हर्कराज राईको कडा अभिव्यक्ति: बालेन्द्र साहको राजीनामा माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com