ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुला टेनिस प्रतियोगिता: आजको च्याम्पियनहरु


admin
बैशाख २०, २०७५ बिहीबार   ८ : १९   बजे

काठमाडौँ, २० वैशाख।  गुरु श्रीराम मगर र चेली आइरा रावतको जोडी छैटौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा आज च्याम्पियन बनेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको अन्तिम खेलमा श्रीराम र आइराको जोडीले प्रणव खनाल र माहिका राणाको जोडीलाई ७–५, ३–६ र ११–९ को सेटमा पराजित गर्दै च्यम्पियन बनेको हो ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी पहिलो भए । उनले फाइनलमा महेश श्रेष्ठलाई ६–४ र ६–१ को सेटमा हराए । ६५ वर्षमाथि पुरुष सिंगल्सको उपाधि ज्ञानेन्द्र ताम्राकारले जिते । उनले उपाधि भिडन्तमा दीपक श्रेष्ठको चुनौती ४–० र ५–३ ले समाप्त पारे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कृष्णराज घले र विनोद गुरुङ फाइनलमा भिड्ने छन् । सेमिफाइनलमा कृष्णले विमल गुरुङलाई ७–५ र ६–१ तथा विनोदले विकास गुरुङलाई ६–४ र ६–२ को सेटमा पाखा लगाए ।

सोही उमेर समूहको डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले प्रताप मोक्तान र थोङबम तुलेश्वर सिंहको जोडीलाई ६–१ र ६–३ तथा राजु क्षेत्री र सुदर्शन विष्टको जोडीले डेगेन्द्र श्रेष्ठ र संजिव श्रेष्ठको जोडीलाई ७–५ र ६–२ ले पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुपको जोडीले ज्ञानेन्द्र ताम्राकार र ध्रुव गुरुङको जोडीलाई ६–२ र ७–५ तथा राजनसिंह भण्डारी र करिम मुल्लाहको जोडीले दीपक श्रेष्ठ र अमृत कंशाकारको जोडीलाई १–६, ६–३ र १२–१० को सेटमा पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताअन्तर्गत शुक्रबार पुरुष डबल्स, पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि डबल्स तथा पुरुष ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्सको फाइनल हुनेछ ।

तेक्वान्दो टोली कोरियातर्फ 

यसैगरी वैदेशिक प्रशिक्षणका लागि तेक्वान्दो खेलाडी आज दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् ।

समान ५–५ पुरुष÷महिला खेलाडीसहित ११ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

पुरुष खेलाडीमा सागर गुभाजु, वीरबहादुर महरा, ज्ञानेन्द्र हमाल, भूपेन श्रेष्ठ र अनोज पुजारी रहेका छन् । त्यस्तै महिलामा अस्मिता खड्का, निमा गुरुङ, ज्ञानी पुजारा, संगीता बस्याल र निशा रावल छन् ।

प्रशिक्षकमा संगीना वैद्य छिन् । भूपेन, संगीता र निशा भने अर्को सातामा सिओल जाने नेपाल तेक्वान्दो संघले जनाएको छ । उनीहरुले छुङ वो मार्सल आर्ट्स इन्स्टिच्यूटमा करीब तीन महिना प्रशिक्षण लिइने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

सम्बन्धित

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

स्कटल्यान्डको संघर्षपूर्ण जित, हैटीलाई १–० ले पराजित गर्दै समूह ‘सी’ को शीर्ष स्थानमा

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group