ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक्सी पिएपछि किन आउँछ अंग्रेजी ?


admin

काठमाडौं, २० वैशाख । मानिसहरु सामान्यतः मदिरा सेवन गरेपछि अंग्रेजी बोल्ने गरेको तपाईले पनि ख्याल गर्नुभएको होला । विशेषगरी गैरअंग्रेजी भाषीहरु मदिरा सेवन गरेपछि अंग्रेजी भाषाको प्रयोग बढी गर्ने गर्दछन् ।

तर तपाई कुनै अन्य भाषामा बोल्ने कोशिस गर्नुहुन्छ भने तब कयौपटक तपाईका साथ यस्तो भएको होला । सही शब्द तपाईले मुस्किलले पाउनुहुनेछ र त्यसको सही उच्चरण गर्न पनि चुनौतिझै हुनेछ ।

तर, यदि तपाईले थोरै मदिरा सेवन गर्नुभएको छ भने अन्य भाषाका शब्द आफै मुखमा धाराप्रवाह निस्कन लाग्नेछ । लवजको खोजी अन्त्य हुनेछ र तपाईको कुरा सरल लाग्नेछ । मानौ कि यो तपाईको मुखैमा छ ।

सामाजिक व्यवहार

यो मदिराका विषयमा लिएर कुनै अन्दाजा गरिएको होइन, बरु यस विषयमा एउटा अध्ययन सार्वजनिक भएको छ। साइन्स म्यागाजिन ‘जर्नल अफ साइकोफार्माकोलजी’ मा प्रकाशित अध्ययनका अनुसार थोरै मदिराले अन्य भाषा बोल्न सहयोग गर्दछ ।

यो पनि सत्य हो कि हाम्रो स्मरणशक्ति र ध्यान केन्द्रित गर्ने क्षमतामा असर पर्दछ, यस हिसावमा यो एउटा बाधा हो । तर, अर्कातिर यसले हाम्रो हिचकिचाहट पनि भगाउने गर्दछ । हाम्रो आत्मविश्वास बढाउने काम गर्दछ र सामाजिक व्यवहारमा संकोच कम गर्दछ ।

जब हामी कुनै अर्को व्यक्तिलाई भेट्छौ र कुरा गर्दछौ तब यो सबै कुराको असर हाम्रो भाषिक क्षमतामा पर्दछ । यो कुरा अहिलेसम्म बिना कुनै वैज्ञानिक आधारमै स्वीकार गरिँदै आएको थियो।

थोरै मदिरा

तर, युनिभर्सिटी अफ लिभरपुल, बेलायतको किंग्स कलेज र नेदरल्याण्डको युनिभर्सिटी अफ मास्ट्रिचका शोधकर्ताहरुले यो विचारलाई परीक्षण गरेर हेरे । परीक्षणका लागि ५० जना जर्मन नागरिकको एउटा समूह चयन गरियो, जसले हालै डच भाषा सिकेका थिए ।

केहीलाई पिउनका लागि मदिरा दिइयो, जसमा थोरै मदिरा थियो । उनीहरुको तौलको अनुपातमा मदिराको मात्रा दिइएको थियो । केहीको ड्रिङ्क्समा अल्कोहल थिएन । परीक्षणमा भाग लिने जर्मन नागरिकलाई नेदरल्याण्डका नागरिकसँग डच भाषामा कुरा गर्न भनियो ।

डच भाषीलाई यो थाहा थिएन कि कसले मदिरा सेवन गरेको छ र कसले छैन । परीक्षणबाट यो कुरा स्पष्ट भयो कि जसले मदिरा सेवन गरेको थियो, उसले राम्रो उच्चरणका साथ कुरा गरेका थिए । शोधकर्ताहरुले स्पष्ट गरेका छन् कि उनीहरुले यो परिणाम मदिराको निकै कम मात्राको खुराक दिएबाट प्राप्त भयो ।

राजमार्गबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com