ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के हो BitCoin?


admin

काठमाडौं, २१ वैशाख । बिट कोइन एक डिजिटल करेन्सी अर्थात डिजिटल पैसा हो । यसलाई इन्टरनेटमा कारोबार गर्नको लागि प्रयोग गरिन्छ । बिट कोइन हामिले दैनिक जीवनमा प्रयोग गर्ने पैसा जस्तो कागजी पैसा वा सिक्का होइन । यसलाई सामान्य पैसा जसरी प्रयोग गर्न सकिदैन, मतलब पर्समा बोकेर वा बैंकमा राखेर कारोबार गर्न सकिदैन । किनकी यसको अस्तित्व इन्टरनेटमा मात्र रहन्छ । र, यसबाट कारोबार अनलाईनमा मात्र हुन्छ ।

बिट कोइन इन्टरनेटमा Peer to peer करेन्सी base मा काम गर्छ । त्यसैले यो कुनै कागजको पैसा अथवा कुनै सिक्का नभईकनै पनि ग्लोबल करेन्सी बन्न पुगेको छ । यसबाट दैनिक लाखौको कारोबार हुने गर्छ । रोचकको विषय त अझ यो छ कि यसलाई कन्ट्रोल गर्ने अहिलेसम्म कुनै कानुन नै बनेको छैन, न त यसलाई कुनै व्यक्तिले नै कन्ट्रोल गर्ने गर्छ ।

यसबाट ट्राभल बेभसाईट एक्सपीडियामा होटल बुक गर्न, ओभर स्टोकमा फर्निचर खरिद गर्न तथा एक्सबक्समा गेमहरु खरिद गर्न पहिले प्रयोग गरिन्थ्यो । तर अहिले बिट कोइन ट्रेड गरेर वा बेचेर धनी बन्ने ध्यानउन्नमा मानिसहरु लागेपछि यसको लोकप्रियता बढेको हो । यसलाई शेयर मार्केटमा लगानी गरेजस्तै मानिसहरुले बिट कोइन किन्न लगानी गर्ने गर्छन् । र, अर्को बिट कोइन युजरलाई बेचेर मुनाफा आर्जन गर्छन् ।

यति भन्दै गर्दा फेरी ध्यान दिनुस, यो डिजिटल करेन्सी हो । र, तपाईले आर्जन गनुभएको मुनाफा पनि बिट कोइनमा रहेको पकेटमा रहन्छ, तर चाहेको खण्डमा सामान्य पैसमा पनि रुपान्तर गर्न सकिन्छ । यसको लागि चार पाँच दिनको समय लाग्न सक्छ ।

यसलाई कसले बनायो ?

सिएनएनको रिर्पोट अनुसार यसलाई सन् २००९ मा सातोसी नाकामोतो नाम राखेर अज्ञात व्यक्तिले बनाएका थिए ।

१०० पैसा मिलेर एक रुयैँया बने जस्तै, बिट कोइनको एक यूनिट लाई सातोसी भनिन्छ । दश करोड सातोसी बराबर एक बिट कोइन हुन्छ ।

आजको तारिखसम्म आईपुग्दा यसको मुल्य exchangerate.guru बेभसाइटको अनुसार १ बिट कोइन बराबर ९ लाख ९३ हजार एक सय पैसठ्ठी नेपाली रुपैँया रहेको छ।

नेपालमा बिट कोइनबाट कारोबार गर्नु गैर कानुनी मानिएको छ ।

किन किन्छन् बिट कोइन ?

मानिसले आफ्नो नाम नखुलाई सामान किन्नको लागि यसको प्रयोग गर्छन् । त्यस्तै कुनै देशको कानुनको अधिनमा नरहेकोले यसबाट अन्र्तराष्ट्रियस्तरमा सामान खरिद विक्री गर्दा सहज र सजिलो हुन्छ । पछिल्लो समयमा यसको मुल्य बढेको कारण केहि व्यक्तिहरु यसमा मुनाफाको लागि शेयर मार्केटमा लगानी गरेजस्तै गरी लगानी गर्छन् ।

कसरी किन्ने बिट कोइन ?

यसलाई विभिन्न तरिकाबाट किन्न सकिन्छ । बिट कोइन राखेको कुनै पनि एप्लिकेशन वा बेभसाइटबाट यसलाई खरिद गर्न सकिन्छ । कोइनबेस डिजीटल करेन्सी खरिद विक्री गर्ने लिडिङ बेभसाईट हो । बिटस्ट्याम्प, बिटफिनेक्सबाट पनि बिट कोइन खरिद गर्न सकिन्छ । यसको अलवा अनलाईन प्लेटफर्ममा कुनै पनि सर्भिस वा सामानलाई बेचेर पैसाको साटो बिट कोइन लिन सकिन्छ । यसलाई खरिद गरे पश्चात् ई-बैंकिङमा जसरी साथि वा आफन्तको अकाउन्टमा ट्रान्सफर गर्न सकिन्छ ।

के हो माईनिङ ?

बिट कोइन आर्जन गर्नको लागि कम्पूटरमा अप्ठ्यारो पज्जल समाधान गर्नुलाई माईन गर्नु भनिन्छ । बिट कोइनको सुरुवात पनि यहि कन्सेप्टको आधारमा भएको थियो ।

बिट कोइन वालेट

यसलाई भर्चुअल बैंकको रुपमा मान्न सकिन्छ, यसमा तपाईले आर्जन गर्नुभएको बिट कोइनहरु रहन्छ । यहि वालेट मार्फत तपाईले गर्नुभएको खरिद, विक्री, बिट कोइनको संचितका हिसाबहरु लगायतका कामहरु हुन्छ ।

बिट कोइनमार्फत गरिएको ट्रान्जाक्सनमा खरिदकर्ता र विक्रीकर्ताको परिचय गोप्य रहन्छ । वालेटमार्फत ट्रान्जाक्सन हुने भएकोले सार्वजनिकरुपमा व्यक्तिको परिचयको साटो वालेटको आईडी देखिने गर्दछ । व्यक्तिको परिचय गोप्य रहने कारण अनलाईनबाट ड्रग्स वा गैरकानुनी कार्यमा यसको प्रयोग भएको पाईएपछि अहिले विभिन्न देशहरु यसको प्रयोगमा सचेत बन्दै गईरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com