ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाईखर्क ताल संरक्षण शुरु


एबीसी न्यूज

 म्याग्दी, १९ वैशाख।   म्याग्दीको मालिका गाउँपालिका– ५, मगरदाङमा रहेको गाईखर्क ताल संरक्षणको काम शुरु भएको छ ।

प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षणको काम शुरु गरेका छन् ।

मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल र गहिराइ बढाउन बाँध बनाउने काम शुरु गरिएको स्थानीय अगुवा भकबहादुर घर्तीले बताउनुभयो । उक्त योजनाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको छ ।

हाल ४६÷४६ मिटर लम्बाइ, चौडाइ तथा तीन मिटर गहिराइ भएको तालको लम्बाई चौडाई बढाएर ५५÷५५ मिटरको बनाउन लागिएको हो । क्षेत्रफलसँगै बाँध बनाएपछि गहिराइ पनि बढ्ने जनाइएको छ ।

गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जालगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ परेको मनमोहक दृष्य अवलोकन गर्न सकिने तालको संरक्षण र प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना रहेको वडाध्यक्ष पिपला बुढाथोकीले बताउनुभयो ।

मगरदाङदेखि ३० मिनेट उकालो पैदल हिँडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । ताल देवीस्थानका पानीका मुहानको स्रोतका रुपमा रहेको बताइन्छ । ताल भरिएपछि ओभरफ्लो हुने पानीलाई खोल्सामा व्यवस्थित गर्ने संरचनासमेत निर्माण गरिने भएको छ ।

निस्कोटको बराह ताल, देवीस्थानको गाईखर्क ताल, दुखुको भालेबास्ने ताल, बिमको बाइन्दफाँट ताल, डडुलेक, मालिकालगायत पर्यटकीय सम्भावना बोकेका स्थलको संरक्षणसँगै पूर्वाधार विकासको काम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com