ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछाममा खानेपानीको अभाव चुलिँदो


एबीसी न्यूज
बैशाख १८, २०७५ मंगलबार  ९ : ४५ बजे

 

 

अछाम, १८ वैशाख । गर्मीयामसँगै अछामका विभिन्न ठाउँमा खानेपानीको अभाव चुलिएको छ । जिल्लाका विभिन्न बजार क्षेत्रदेखि गाउँघरमा खानेपानीको संकट भइरहेको हो ।

सदाबहार पानीको समस्या भइरहने कमलबजार, ठूलासैन बजार, रामारोशन —७ सुतार, मंगलसेन—१ कुन्ती बण्डाली, साँफेबगर—७ ककरसाँतलगायत विभिन्न गाउँटोलमा पनि खानेपानीको समस्या भइरहेको स्थानीयले बताएका छन् । खानेपानीको अभाव चुलिँदा बजार क्षेत्रका व्यापारी व्यवसायीले गाडीमा र मान्छेलगायत टाढाटाढाबाट पानी ल्याएर उपभोग गरिरहेका छन् भने पानी समस्या भएका गाउँघरमा महिला तथा बालबालिकाको बिहान बेलुका पानी बोक्न मै समय जाने गरेको छ ।

उता रामारोशन गाउँपालिका–७ सुतारको विभिन्न टोलमा दुई महिनादेखि खानेपानीको सास्ती भएको छ । खानेपानी आयोजनाको पाइपलाइनमा अवरोध भएपछि साविकको सुतार गाविस वडा नम्बर २, ४ ६, ७, ८ र ९ का स्थानीयलाई समस्या भइरहेको स्थानीय जगत भण्डारीले बताउनुभयो । नजिकका पानीका मुहान सुक्दै गएको र टाढाबाट ल्याएको खानेपानी आयोजनाको पाइपलाइनमा समेत समस्या आएका कारण स्थानीयलाई खानेपानीको अभाव भइरहेको उहाँको भनाइ छ ।

२०७२ सालमा निर्माण भएको थारखोला कालापानी खानेपानी आयोजनाको पाइपलाइनमा समस्या आउँदा जनता करीब दुई हजार जनता मारमा परेका स्थानीय चन्द्र भण्डारीले बताउनुभयो । “रु ८३ लाख लागतमा निर्माण भएको खानेपानी आयोजनाले सुतारका ४०० घरधुरीका उपभोक्ता लाभान्वित भएका थिए, अहिले धारामा पानीनै आउन छाडेपछि घण्टौँ हिँडेर पिउने पानी बोक्नुपर्ने बाध्यता छ ।” भण्डारीले भन्नुभयो ।

केही स्थानीय तहका वडा र विभिन्न बजार क्षेत्रमा पानीको चरम अभावले गर्दा नागरिकको दैनिकी कष्टकर हुनुका साथै महिला तथा बालबालिकालाई सबैभन्दा बढी दुःख भइरहेको कुन्तीबण्डालीका स्थानीय वीरेन्द्र साउदले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com