ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरे! अण्डामा पनि कालोबजार ?


admin

चितवन, १७ वैशाख । भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको यहाँको अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ ।

यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र आसपासका क्षेत्रमा छिर्नासाथ थाहा हुने भएकाले नेपाल भित्र्याउन कठिन हुने गथ्र्यो । भारतमा उत्पादन भएका अण्डा नेपाल भित्र्याउन नपाइने कानूनी व्यवस्था छ तर अहिले रातो अण्डा अवैधरुपमा भित्र्याउन सहज हुँदै आएको छ ।

नेपाल अण्डा उत्पादन संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार भारतका ठूला होटल, डिपार्टमेन्टल स्टोर्सलगायत ठूला व्यापारिक प्रतिष्ठानमा नबिकेर फर्किएका अण्डा लुकाएर नेपाल पठाउने गरिएको हो । यसका साथै चल्लाका लागि ह्याचरीमा राखेर चल्ला कोरल्न असफल भएका अण्डा पनि अवैधरुपमा नेपाल पठाउने गरिएको छ ।

नेपालमा अण्डा उत्पादनका लागि लोम्यान र हाइल्यान जातका कुखुरा प्रख्यात छन् । यससँगै हाई सेक्स र इसव्रान पनि थोरै संख्यामा नेपालमा पालिँदै आएको छ । तिनले रातो रंगको अण्डा पार्ने गर्छन् । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईका अनुसार भारतमा सेतो अण्डा पार्ने लोम्यान र डाडकक जातका कुखुरा पालिँदै आएको छ । पछिल्लो समय रातो अण्डा पार्न किङ स्टङ पालिँदै आएको व्यवसायीले बताएका छन् ।

भारतमा नेपालमा भन्दा २० प्रतिशत कम लागतमा अण्डा उत्पादन हुने उहाँले बताउनुभयो । भारतमा ठूला फार्म छन् । एउटै फार्ममा ८÷१० लाखको संख्यामा कुखुरा पालिने, दाना उत्पादन लागत कम हुने, सरकारी अनुदान हुने, बैंक ब्याज कम हुनेलगायतका कारण लागत मूल्य कम हुने गरेको बताइन्छ । पोल्टी व्यावसायी भट्टराईले भारतीय अण्डा नेपाल छिर्नु यहाँका व्यवसायीका लागि चुनौती भएको बताउनुभयो । सीमा क्षेत्रमा क्वारेन्टाइनमा कडाइ नगरिएमा ठूलो लगानी भएको आत्मनिर्भर यो व्यवसाय प्रभावित हुने उहाँले बताउनुभयो ।

भारतीय सीमा क्षेत्र वीरगञ्ज, ठूटीबारी, जनकपुर, सिराहा, धनगढी, बहादुरगञ्ज, महेन्द्रनगर, त्रिवेणीलगायतका ठाउँबाट धेरै अण्डा भित्रिने संघका अध्यक्ष कँडेलले जानकारी दिनुभयो । भारतमा उत्पादन हुने रातो अण्डाको आकार सानो र फुस्रो रातो हुन्छ भने नेपालमा उत्पादन हुने अण्डा चिल्लो रातो र ठूलो हुने भएपनि जो कोहीले आँखाले सहजै पत्ता लगाउन नसक्ने भएकाले अवैधरुपमा भित्रन सहज भएको उहाँले बताउनुभयो ।

नेपालमा पोल्ट्री क्षेत्रमा ८० अर्ब हाराहारी लगानी भएको छ । उहाँका अनुसार आधा लगानी अण्डा उत्पादनका लागि भएकाले समयमा नै अवैध रुपले भित्रिएका अण्डा रोक्न नसके यहाँका व्यवसायी धरासायी हुने बताउनुभयो । नेपालमा अण्डा उत्पादन गर्ने व्यवसायी दुई हजार हाराहारीमा छन् भने एक लाख ५० हजार भन्दा बढीले प्रत्यक्ष रोजगार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com