ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्धको जन्मस्थल नेपाललाई चिनाउन जापानमा शान्ति र्याली


एबीसी न्यूज
बैशाख १७, २०७५ सोमबार   १२ : ३६   बजे

 

शान्त पहरी \इन्दिरा खनाल ।
जापान,१८ वैशाख । विश्वका शान्तिका प्रतिक भगवान गौतम बुद्ध जन्मस्थलबारे भारतले गरिरहेको गलत प्रचारलाई रोकि बुद्ध जन्मस्थल नेपाल हो भन्ने चिनाउन जापानमा शान्ति र्याली गरेका छन् ।

टोकियोमा आइतबार गैरआवासीय नेपाली संघ एनआरएनए जापानले आयोजना गरेको शान्ति पदयात्रा गरि शहर परिक्रमा गरेका थिए ।
चन्द्र सूर्य अंकित नेपाली झण्डा र भगवान वुद्धको जन्मस्थानसंग सम्बन्धित बिभिन्न ब्यानर, पम्प्लेट र पोस्टकार्ड बोकेर जापानको ब्यस्त शहर सिन्ज्युकु सेन्टर पार्कमा भेला भएका सयौं नेपाली तथा जापानी नागरिकले सो क्षेत्रलाई नेपालमय बनाएका थिए ।


एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेतका अनुसार, यस पटकको शान्ति र्याली गौतम वुद्धको जन्मस्थानबाट विश्व शान्तिको कामना गर्दै गौतम वुद्ध लुम्बिनीमा जन्मीएका हुन् , लुम्बिनी नेपालमा पर्दछ । नेपाल जापान सम्बन्ध अमर रहोस भन्ने नारा लगाउँदै सहभागीहरूले शहरलाई परिक्रमा गरेको जानकारी दिनु भयो ।

नेपाली मौलिक भेषभुषा सजिएर गौतम वुद्धको जन्मस्थानलाई लिएर छिमेकी मुलुक भारतले जसरी बिश्वमा भ्रम फैलाउने कार्य गरेको छ त्यसलाई थोरै भएपनि चिर्ने प्रयास हामीले गरेको एनआरएन जापानका उपाध्यक्ष तथा शान्ति पदयात्राका संयोजक सरोज कुमार खत्रीले बताउनु भयो । त्यस्तै एनआरएनए आईसीसी सदस्य ओम गुरुङका अनुसार यस कार्यक्रमले नेपाल र नेपाली मात्र नभएर नेपालको प्रचार र पर्यटन विकास पनि हुने विश्वास लिनु भयो । शान्ति पदयात्रा सिन्ज्युकु पार्कवाट २ किलोमिटर यात्रा गरि ग्योएनमाए पार्कमा पुगेर सम्पन्न भएको थियो ।

त्यस्तै – नेपाल आदिवासी जनजाती महासंघ जापानले २५६२ औँ वुद्ध जयन्ती समारोह तथा वुद्धको प्रवचन श्रवन कार्यक्रम सम्पन्न गरेको छ । टोकियोमा आइतवार बुद्ध जयन्तीको अवसरमा जनजाति महासंघ जापानले वुद्धको ज्ञान र प्रवचन श्रवनको साथमा एक समारोह गरि वुद्ध जयन्ती मनाएको हो ।
उक्त कार्यक्रममा जापानमा विदेशीहरुको रिसर्च गरि गहनु भएका रिक्क्यो यूनिर्भसिटीका किमुरा मिजुका,आवे हारुको,नेपाली भिक्षु गोमा र जापानीहरु तथा नेपालीहरुको उपस्थितीमा कार्यक्रम भएको थियो ।


उक्त कार्यक्रममा जापानमा क्रियाशील महासंघमा आवद्ध ११ संस्थाहरू तमु धीं जापान, तामाङ समाज जापान,किराँत याक्थुङ चुम्लुङ जापान ,थकाली सेवा समिति जापान ,शेर्पा संघ जापान ,नेपाल मगर संघ जापान ,किराँत राई योयाख्खा जापान ,मनाङ सोसाइटी जापान,थारु समाज जापान,नेपाल थामी समाज जापान,नेवा जागरण मंच जापानको सह आयोजनामा विश्व शान्तिका प्रतिक गौतम बुद्धको २५६२ औं बुद्ध जयन्ती समारोह २०१८ सम्पन्न गरेको कार्यक्रम संयोजक तथा तमु धिं जापानका अध्यक्ष अनिता गुरुङ बताउनु भयो ।


संस्थाका अध्यक्ष सुमन लिम्वुको सभापतित्वमा सम्पन्न समारोहमा नेपाली राजदुतावास टोकियोका सचिव प्रेम वरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

सम्बन्धित

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group