ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पान्मुन्जोम घोषणा पत्रमा हस्ताक्षर : अब कहिल्यै युद्ध हुने छैन


एबीसी न्यूज
बैशाख १४, २०७५ शुक्रबार   ३ : ५४   बजे

काठमाडौं,१४ वैशाख ।  सन् १९५३ मा भएको कोरिया युद्धपछि दुई देशको सीमामा शुक्रबार किम जोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनबीच भेटवार्ता भएको हो । दक्षिण कोरियाको यो भ्रमण किम परिवारकै पहिलो भ्रमण हो । सन् १९५३ पछि दुई देशबीच बढ्दै गएको तनावले दुई देशको सम्बन्ध निकै कटुतापूर्ण बनेको थियो । तर गएको २ महिनादेखि सुध्रिँदै आएको यी दुई देशको सम्बन्ध अप्रत्यासित रुपमा अघि बढ्न सफल भएको छ ।

उत्तर र दक्षिण कोरियाका नेताहरुले शुक्रबारको ऐतिहासिक शिखर वार्तामा शत्रुता अन्त्य गर्ने र आणविक निशस्त्रीकरणका लागि पहल गर्ने संयुक्त घोषणामा हस्ताक्षर गरेका छन्।

‘आठ करोड जनताका अघि दुवै नेता गम्भीरतापूर्वक घोषणा गर्दछौँ, आइन्दा कोरियाली प्रायःद्वीपमा युद्ध हुने छैन,’ भन्दै ‘कोरियाली प्रायद्वीपमा शान्ति, समृद्धि र एकताका लागि पान्मुन्जोम घोषणा’ पत्रमा हस्ताक्षर गरेका छन् ।
‘अध्यक्ष किम जोङ उन र म कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणका लागि सहमत भएका छौँ,’ हस्ताक्षरपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले भने।

किम र मुनले हस्ताक्षर गरेको दस्तावेजलाई ‘कोरियाली प्रायद्वीपमा शान्ति, समृद्धि र एकताका लागि पान्मुन्जोम घोषणा’ नाम दिइएको छ।
त्यस्तै दुई कोरिया एक अर्काविरुद्ध शत्रुतापूर्ण गतिविधि रोक्न, उत्तर कोरियाको सीमावर्ती सहर केसोङमा सम्पर्क कार्यालय खोल्न, सीमापार रेल तथा सडकमार्ग जोड्न र डिमिलिटराइज्ड जोनलाई शान्ति क्षेत्रको रुपमा विकास गर्न पनि सहमत भएका छन्। त्यस्तै चीन र अमेरिकासमेतको सहभागितामा ३ \ ४ पक्षीय वार्ताको पहल पनि गरिने भएको छ।

त्यस्तै दुवै कोरियाबीच शान्ति सम्झौता गरेर औपचारिक रुपमा युद्ध समाप्त गर्न पनि तयार भएका छन्। १९५३ को युद्ध अन्त्यको औपचारिक घोषणा भएको छैन।

पान्मुन्जोमको शान्ति भवनमा मुनसँगै उभिएका किमले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई सम्बोधन गरे। उनले दुवै कोरिया एक हुन अघि बढ्नुपर्ने बताए।

‘एकअर्कासँग लड्नपर्ने मानिस होइनौँ हामी। हामी एक भएर बस्नुपर्छ,’ उनले भने, ‘यो क्षणका लागि हामीले लामो समय प्रतीक्षा गरेका छौँ।’ ‘मलाई आशा छ, म आएको सडक भएर उत्तर र दक्षिणका प्रत्येक कोरियाली नागरिक हिँड्न सकून्,’ उनले थपे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

सम्बन्धित

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group