ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फर्ममा आए मन्त्री अधिकारी


admin
बैशाख १३, २०७५ बिहीबार  ७ : २३ बजे

काठमाडौ, १३ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।

उहाँले विभिन्न क्षेत्रका कार्य प्रगतिबारे सम्बन्धित निकायका प्रमुखबाट जानकारी लिदैँ मन्त्रालय अन्र्तगतका कार्यालय प्रमुखलाई कडा निर्देशन दिँदै अब ढिलासुस्ती र अनियमितता आफूलाई कुनै पनि हालतमा मान्य नहुने चेतावनी दिनुभयो ।

उहाँले विमानस्थल सुधारदेखि, लुम्बिनी र पशुपतिनाथ व्यवस्थित अनि होटलको स्टान्डर्ड तोक्नेसम्मका विषयमा जानकारी लिदैँ अन्तिममा नेपाल वायुसेवा निगमको क्रियाकलापप्रति निकै असन्तुष्टि पोख्नुभयो ।

वायुसेवा निगमको सुधार गर्न महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निर्देशन पनि दिदैँ उहाँले भन्नुभयो, ‘एनएसीलाई छुट नै नहुने कुरा म के भन्छु भने एउटा जहाजले यात्रुलाई सेवा दिन सकेन भने अर्को जहाजको व्यवस्था गरेर तुरुन्तै सेवा दिनुप¥यो, तपाईँका जहाज चल्ने तालिका नै छैन, एनएसीका जहाज कहाँ चल्छन् भन्ने यात्रुलाई जानकारी नै छैन।’

टिकट खोज्दा नपाइने तर जहाज खाली उड्ने समस्या गम्भिर भएको भन्दै तत्काल यसको हल गर्न उहाँले निर्देशन दिनुभयो । ‘पाइलटलाई पनि अलि अनुशासनमा राख्नुस्, मुड चल्यो जहाज उडाउने, चलेन भने नउडाउने, यस्तो पनि हुन्छ रु यो त एकदमै ठूलो दादागिरी हो, त्यसले गर्दा तपाईँले तालिका बनाएर दिनुहोस, विशेष कारणबाहेक पाइलटका कारण उडान रोकियो भने कारवाही गर्नुस ।’ उहाँले निर्देशन दिनुभयो ।

‘राष्ट्रपति र प्रधानमन्त्रीका विशेष कार्यक्रमबाहेक जो कसैले भने पनि नेपाल एअरलाइन्सका विमानलाई तालिका भन्दा दायाँबायाँ नचलाउन उहाँले निर्देशन दिनुभयो । ‘म पनि यस्ता कुरामा प्रेसर गर्दिन, कसैको प्रेसर तपाईँहरुले नसुने पनि हुन्छ ।’ उहाँले भन्नुभयो ।

मन्त्री अधिकारीले गएको चैत १६ गते १ सय दिनमा १८ वटा क्षेत्रमा १ सय १० वटा काम पूरा गर्ने कार्ययोजना सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com