ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हातमा भाग्य हुने भए यीनी कहाँ हुन्थिन् ?


admin

एजेन्सी, १२ वैशाख । हामी सबै आफ्नो हत्केलामा भाग्य हेर्दै बसेका छौ, तर के हात नहुनेको चाहि कुनै भाग्य हुँदैन र ? हातको रेखा र भाग्यमा विश्वास गर्ने सबैले दुवै हात गुमाएकी थाइल्याण्डकी यी २३ वर्षे पैचारामन सावानाको जीवनबाट केही सिकौं ।

थाइल्याण्डकी पैचारामन सावानाको दुवै हात नभएकै कारण २३ वर्षको उमेरमा विद्यालयको पढाई सुरु गरेकी थिईन् । यति भएर के भो त ? २३ वर्षको उमेरमा पढाई सुरु गरे पनि उनले मास्टर डिग्री हासिल गरेकी छन् र शिक्षण पेशामा आबद्ध छिन् । उनी वकालतका लागि प्रयास पनि गरिरहेकी छन् । उनले तमाम कठिनाइहरु पार गरेर यो उपलव्धी हासिल गरेकी हुन् ।

दुवै हात नभएका कारण सानामा उनलाई कुनै विद्यालयले भर्ना नै लिन मानेन । त्यसैले उनले त्यतिबेला अध्ययन सुरु गरिन् जब विकलांगहरुका लागि सामान्य विद्यालयमा अध्ययन गर्ने अनुमति प्राप्त भयो ।

कुनै समय पढ्नका लागि भर्ना समेत हुन नपाएकी सावाना अहिले स्वयम शिक्षिका हुन् । उनी हात नभएर के भो खुट्टाले नै ब्ल्याकबोर्डमा लेखेर पढाउँछिन् । उनले शिक्षण अनुभूति स्मरण गर्दै भनिन्–मलाई शिक्षणको पहिलो दिन याद छ । मैले खुट्टाले ब्ल्याकबोर्डमा लेखेको देखेर बालबालिका आश्चर्यमा थिए।

तर, उनी त्यत्तिकैमा रोकिइनन् । उनले कानुनमा मास्टर डिग्री हासिल गरिन् । त्यसैले अहिले उनी भन्छिन्–म थाइल्याण्ड बारमा वकिलको लाइसेन्सका लागि आवेदन दिइरहेकी छु । म वकिल बनेर र अरुलाई पढाएर गुजारा चलाउन चाहन्छु ।

पढाईले सावानाको दायरा बढाएको छ। उनी भन्छिन्–म चाहँदिन कि कसैले यो भनोस कि म विकलांगताका कारणबाट के गर्न सक्थेँ के गर्न सक्दिनँ । म त्यो सबै नियम तोड्न चाहन्छु जुन विकलांग पीडितहरुका विषयमा समाजले बनाएको छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com