ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यास बोकेको बुलेट दुर्घटना हुँदा तनहुँमा त्रास


एबीसी न्यूज
बैशाख १२, २०७५ बुधबार   १ : ५८   बजे

 

 तनहुँ, १२ वैशाख ।  पृथ्वी राजमार्गको दमौली डुम्रे सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज बिहान ग्यास बोकेको एउटा बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।  दुर्घटनामा बुलेटका चालक र सहचालक गम्भीर घाइते भएका छन् ।

भारतको हल्दीबारीबाट कास्कीको गगनगौडाको शक्ति ग्यास कम्पनीका लागि १८ टन खाना पकाउने एल.पी ग्यास बोकेको एम एल ओ वान ए ए ओ वान ओ वान नं को बुलेट दुर्घटना हुँदा भारत घर भएका चालक २२ वर्षीय छोटुलाल रुमार र सोही ठाउँका सहचालक २१ वर्षीय नितेशकुमार गम्भीर घाइते भएको प्रहरी उपरीक्षक उमेरराज जोशीले बताउनुभयो ।

घाइते दुवै जनाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । शक्ति ग्यास बोकेको उक्त बुलेट आफैँ अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

बुलेट दुर्घटना भएको ठाउँमा अहिले सुरक्षाकर्मी तैनाथ गरिएको छ । ग्यास पड्कन सक्ने अवस्थालाई मध्यनजर गरी त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।

स्थानीय बासिन्दालाई घरदेखि पर बस्न र सलाई, लाइटरजस्तो प्रज्वलनशील वस्तु प्रयोग नगर्न आग्रह गरिएको बताइएको छ । त्यहाँ वरिपरि आगो नबाल्न र घरदेखि टाढा बस्न बस्तीमा सर्कुलर गरिसकेको प्रहरीले जनाएको छ ।

हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर व्यास नगरपालिकाको बारुण यन्त्र तयारी अवस्थामा राखिएको छ भने सो क्षेत्रको विद्युत् लाइन काटिएको प्रहरीले जनाएको छ । कास्कीको गगनगौडास्थित शक्ति ग्यास कम्पनीबाट प्राविधिकको टोलीसमेत ग्यास निकाल्न घटनास्थलतर्फ गइसकेको छ । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै त्यस क्षेत्रका बासिन्दालाई सजक र सतर्क गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र प्रहरी उपरीक्षक जोशीको टोलीले घटनास्थलमा पुगेर निरीक्षण गरी त्यहाँको बस्तुस्थितिबारे जानकारी लिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group