ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हैरान पिता, ९ सन्तानको बाबु बनेपछि बाँझो भएको थाहा पाए..


admin

एजेन्सी, ११ वैशाख । मोरक्कोका एक पुरुषले ९ सन्तानका बाबु बनेपछि आफू बाँझो भएको थाहा पाएका छन् । नियमित चेकजाँचका क्रममा पुरुषले आफू जीवनको अधिकांश समय बाँझो रहेको पत्ता लागेपछि आफूले हुर्काइरहेको ९ सन्तान आफ्नो नभएको थाहा पाएका हुन् ।

यसको उद्घाटन भएसंगै उनले हालै आफ्नी श्रीमतीबिरुद्ध अनैतिक सम्बन्धको आरोप लगाएर मुद्दा हालेका छन् ।

मोरक्कोको एक सानो सहर सिदी सिल्मनमा बस्ने ती पुरुष प्रध्यापन पेसामा संलग्न छन् । उनको दाहिने अण्डकोषमा सानो गाँठो ९सिस्ट० थियो, जुन उनका अनुसार वर्षौं पहिलेदेखिनै थियो ।

चिकित्सकले सिस्टको थप जाँच गर्ने निधो गरे । जाँचबाट सिस्ट खतरनाक नभएको पुष्टि भयो तर त्यसैको कारणले प्रध्यापकमा एक खालको बाँझोपन भएको पत्ता लाग्यो ।

तर, समस्या अर्कै कुरामा निस्कियो । उनी विगत ३५ वर्षदेखि विवाहित थिए र उनका ९ बच्चा थिए ।

मोरक्कोको समाचारपत्र अल–मस्साईको रिपोर्ट अनुसार समाचार लगतै उनी सम्बन्धविच्छेदका लागि कुदेनन् । पहिले त उनलाई यो नतिजामा विश्वास लागेन । उनले थप अन्य जाँचहरु गराए । तर, त्यसबाट पनि उनी बाँझो रहेको पुष्टि भयो ।

यो रहस्योद्घाटनबाट उनलाई नराम्रो धक्का लाग्यो । त्यसपछि उनले वकिललाई सम्पर्क गरेर आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदको लागि मुद्दा हाले । मुद्दामा उनले ३५ वर्षदेखिकी श्रीमतीलाई अनैतिक सम्बन्धको आरोप लगाएका छन् । यसका साथै उनले आफूले हुर्काइ रहेको ९ बच्चा परित्यागको माग गरेका छन् ।

पुरुषले अदालतमा आफू बाँझो भएको र कुनै पनि बच्चा आफ्नो नभएको बताए । यसको प्रमाण चाहिएमा उनले आफू मेडिकल जाँच गर्न तयार रहेको भनेका छन् ।

तर, अदालतले पुरुष आफैले गराएको चिकित्सकीय जाँचलाई अनुसन्धान गरेको थियो । थप अनुसन्धानबाट उनको रिपोर्टहरु साँचो निस्कियो । उनको वीर्य जाँचमा उनको वीर्यमा शुक्रकिट देखिँदै देखिएन । यसका साथै जैविक विश्लेषणले उनलाई बाँझो बनाउने अण्डकोषमा रहेको गाठो विगत पचास वर्ष देखि उनको शरीरमा भएको पुष्टि भएको थियो ।

मुश्लिम बहुल देश मोरक्कोमा अनैतिक सम्बन्ध लागि कडा सजायको व्यवस्था छ । यदी ती पुरुषकी श्रीमती दोषी पाइएमा उनलाई जेल सजाय हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् स् दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com