ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री, सांसद बनेका पूर्व-मोडलहरु


admin

एजेन्सी, ११ वैशाख । ग्रिक दार्शनिक प्लेटो र एरिष्टोल मानिसलाई राजनितिक प्राणी हो भनेर व्याख्या गर्छन् । उनीहरुको परिभाषामा राजनितिबाट कुनै व्यक्ति अछुत हुन सक्दैन । हुन पनि समाजमा परिवर्तन ल्याउन राजनिति नै गर्छु भनेर यो क्षेत्रमा लाग्ने राजनितिज्ञहरुलाई छोडेर यस क्षेत्रमा लागेका अन्य पेशाकर्मीको ताँतीले सोही राजनितिको चार्मलाई प्रष्ट औल्याउँछ । यसमा कलाकार, उधोगपति, व्यावसायी, शिक्षक , विधार्थी, पत्रकार कोही छुटेका छैनन् । यहि सूचीमा मोडलहरु पनि समावेश छन् । आफ्नो सुन्दरता र चार्मको आधारमा पहिचान बनाएका उनीहरुलाइ राजनितिको चार्मले अलग्याउन सकेन । आफ्नो बोद्धिकता र क्षमतालाई प्रमाणित गर्दै उनीहरु पनि संसदको सदस्य बनेका छन् । यो सूची तिनै मोडलहरुको-

१। मारिया कार्फाग्ना (इटाली)

मारिया इटालीकी राजनीतिज्ञ हुन् । उनी पहिले टपलेस मोडल भएपनि हाल उनलाई रुढिवादी राजनीतिज्ञको रुपमा चिनिन्छ । उनले आफूलाई ‘एन्टी फेमिनिष्ट’ भएको पनि दाबी गर्ने गरेकी छिन् । उनले ‘यौन व्यवसाय’को निन्दा समेत गर्ने गरेकी छिन् । मारियालाई संसारकै सबैभन्दा सुन्दरी राजनीतिज्ञको रुपमा लिने गरिन्छ ।

२। एलिना काबेभा (रसिया)

एलिना रसियन नागरिक हुन । उनालाई जिम्नाष्टिक खेलाडीको रुपमा पनि चिनिन्छ। उनी रसियाको सफल जिम्नाष्टको रुपमा लिईन्छ। एलिनाले हालसम्म १८ वर्ल्ड च्याम्पियनशीप मेडल, २ ओलम्पिक मेडल तथा २५ युरोपियन च्याम्पियनशीप मेडल जितिसकेकी छिन् । २००७ मा जिम्नाष्टिकबाट सन्यास लिएसँगै उनी ‘प्रो–क्रेमलिन युनाइटेड रसियन पार्टी’को प्रतिनिधित्व गर्दै रसियन संसदको सदस्य भइन् । केही समय अगाडी रसियाका राष्ट्रपति भ्लाडिमिर पुटिनले उनीसँग विहे गर्न आफ्नो श्रीमति समेत त्याग्न तयार रहेको बताएको हल्ला चलेको थियो । तर यसलाई दुवैजनाले अस्वीकार गरिसकेका छन् ।

३। इभा केली (ग्रिस)

इभा २००९ मा ग्रिसको संसद सदस्यमा निर्वाचित भएकी थिइन् । उनी पूर्व टेलिभिजन कार्यक्रम प्रस्तोता हुुन् । उनी ग्रिक संसदकी निकै आकर्षक महिला हुुन् ।

४। योएन्ना मुका (पोल्याण्ड)

योएन्ना पोल्याण्डको तल्लो सदनकी सांसद हुन् । उनले तल्लो सदनमा लुबिन सहरको प्रतिनिधित्व गर्छिन् । उनले इकोनोमिक्समा पीएचडी गरेकी छिन् । उनी लुबिनस्थित क्याथोलिक युनिभर्सिटीकी प्राध्यापक समेत हुन् ।

५। रुबी धल्ला (क्यानडा)

रुबी भारतिय मुलकी ३४ वर्षीया क्यानेडियन राजनीतिज्ञ हुन् । उनी क्यानेडियन राजनीतिको मुख्य शक्तिको रुपमा रहेको ‘लिबर्टी पार्टी’की सदस्य हुन् । उनले परिवर्तनको लागि निकै लामो समय संघर्ष गरेकी छिन् । १९८४ मा जब भारतको पञ्जाब गोल्डेन टेम्पलमा शिखहरुलाई भारतीय सेनाहरुले गोली हानेका थिए, तब १० वर्षकी रुबीले तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई हिंसा रोक्नको लागि पत्र लेखेकी थिइन् । उनलाई गान्धीले व्यक्तिगत पत्रमार्फत जवाफ पठाएकी थिइन् ।

६। लुसियाना लिन (पेरु)

युवा मतदाताहरुको मत जित्न सफल लुसियाना पेरुको संसदकी कान्छी सदस्य हुन् । २००९ मा स्पेनको एक पत्रिकाले उनलाई संसारकै राम्री राजनीतिज्ञको रुपमा समाचार छापेको थियो । तर उनको परिवार मुख्य भ्रष्टाचारका घटनामा मुछिएको बताइएको छ । जसमा लुसियानाको पनि हात हुन सक्ने अनुमान छ ।

७। एन्ना मरी ग्यालोजन (इस्टोनिया)

एन्नाले इस्टोनियन युरोपियन आन्दोलनको समयमा नेतृत्वदायि भुमिका निर्वाह गरेकी थिइन् । उनी अत्यन्त महत्वपूर्ण मानिसहरुमध्येकी एकको रुपमा मत पाएकी थिइन् । उनीविरुद्ध सरकारी पैसा सौन्दर्यको सामग्रीहरुमा दुरुपयोग गरेको आरोप लागेको छ । उनले प्लेब्वाय म्यागेजिनको लागि नग्न तस्वीर खिचाउँदै त्यसको विरोध गरेकी छिन् ।

८। ओर्ली लेभी (इजरायल)

तीन बच्चाकी आमा ओर्ली इजरायली विधानसभाकी सांसद हुन् । उनी पूर्व मोडल हुन् । उनको सौन्दर्यको चर्चा संसदमा निकै हुने गर्छ ।

९। युलिया मिमोशेन्को (युक्रेन)

युलिया दुई पटकसम्म युक्रेनको प्रधानमन्त्री भइसकेकी छिन् । उनले २०१० मा ठूलो समर्थन गुमाउँदा चुनावमा पराजित हुुनु परेको थियो । उनी भ्लादिमिर पुटिनलाई मनपर्ने राजनीतिज्ञ पनि हुुन् ।

१०। भेरा लिस्क्का (अष्ट्रिया)

भेरा अष्ट्रियाकी पूर्व पौडीवाज हुन् । उनले आफ्नो राष्ट्रको लागि जर्जियाको एटलान्टामा १९९६ मा भएको समर ओलम्पिकमा प्रतिष्पर्धा गरेकी थिइन् । १९९६ मा भएको युरोपियन च्याम्यिनसिपमा उनले ५० मिटर ब्रेष्टस्ट्रोकमा युरोपियन उपाधी जितेकी थिइन् । उनी अष्ट्रियाकी राजनीतिज्ञ  हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com