ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभियान र सेलेष्ता ‘च्याम्प चितवन’ घोषित


एबीसी न्यूज
बैशाख ११, २०७५ मंगलबार   १० : २६   बजे

 

चितवन, ११ वैशाख। भरतपुरका अभियान पौडेल र सेलेष्ता आचार्य ‘च्याम्प चितवन’ बन्न सफल भएका छन् ।

गएराति १० बजे सम्पन्न फाइनल प्रतिस्पर्धामा १६ जना सहभागीलाई उछिन्दै पुरुषतर्फ अभियान र महिलातर्फ सेलेष्ताले ताज जिते ।

उनीहरुलाई मिस नेपाल युनिभर्स—२०१७ की विजेता नग्मा श्रेष्ठले ताज पहि¥याउनुभएको थियो । दुई विधामा घोषणा गरिएको च्याम्प चितवनको पुरुषतर्फ फष्ट रनर अपमा आर्यान पोखरेल र सेकेन्ड रनरअपमा संयोग शर्मा घोषित भए ।

यस्तै, महिलातर्फ फष्ट रनर अपमा आयुशा काफ्ले र सेकेन्ड रनर अपमा आर्यान्का केसी घोषित भइन् । होलिडेज क्रियशन होमको आयोजनामा भएको उक्त कार्यक्रममा मिस टिन र मिस्टर टिन समेत घोषणा गरिएको थियो ।

मिस टिनतर्फ अनु श्रेष्ठले ताज पहिरिइन् । फष्ट रनर अपमा अभिप्शा अधिकारी र सेकेन्ड रनर अपमा साहिशा सापकोटा घोषित भइन् । मिस्टर टिनतर्फ आयुष पाण्डेले उपाधि जिते । फष्ट रनर अपमा दिवस अधिकारी र सेकेन्ड रनर अपमा सुशन जोशी विजयी भए ।

विजेताले नगर रु १५ हजार र साइकल उपहार प्राप्त गरे । फष्ट रनर अपले रु १० हजार र सेकेन्ड रनर अपले रु पाँच हजार पुरस्कार पाए । उनीहरुलाई मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो ।

होलिडेज क्रियशन होमको आयोजनामा भएको उक्त प्रतिस्पर्धामा ८६ जना सहभागीमध्ये ४८ जना प्रशिक्षणमा सहभागी भएका कार्यक्रम संयोजक नारायण ढकालले बताउनुभयो । त्यसमध्ये ३२ जना फाइनलमा सहभागी थिए ।

सानो उमेर (७–१२ वर्ष)का एक समूह च्याम्प चितवनमा र ठूला उमेर (१३–१६ वर्ष) का मिष्टर एण्ड मिस टिन प्रतिस्पर्धामा थिए । प्रशिक्षक एवं च्याम्प चितवनकी आयोजक प्रतिनिधि लक्ष्मी पन्तले बालबालिकाको प्रतिभा प्रष्फुटनका लागि कार्यक्रम गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group