ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभियान र सेलेष्ता ‘च्याम्प चितवन’ घोषित


एबीसी न्यूज

 

चितवन, ११ वैशाख। भरतपुरका अभियान पौडेल र सेलेष्ता आचार्य ‘च्याम्प चितवन’ बन्न सफल भएका छन् ।

गएराति १० बजे सम्पन्न फाइनल प्रतिस्पर्धामा १६ जना सहभागीलाई उछिन्दै पुरुषतर्फ अभियान र महिलातर्फ सेलेष्ताले ताज जिते ।

उनीहरुलाई मिस नेपाल युनिभर्स—२०१७ की विजेता नग्मा श्रेष्ठले ताज पहि¥याउनुभएको थियो । दुई विधामा घोषणा गरिएको च्याम्प चितवनको पुरुषतर्फ फष्ट रनर अपमा आर्यान पोखरेल र सेकेन्ड रनरअपमा संयोग शर्मा घोषित भए ।

यस्तै, महिलातर्फ फष्ट रनर अपमा आयुशा काफ्ले र सेकेन्ड रनर अपमा आर्यान्का केसी घोषित भइन् । होलिडेज क्रियशन होमको आयोजनामा भएको उक्त कार्यक्रममा मिस टिन र मिस्टर टिन समेत घोषणा गरिएको थियो ।

मिस टिनतर्फ अनु श्रेष्ठले ताज पहिरिइन् । फष्ट रनर अपमा अभिप्शा अधिकारी र सेकेन्ड रनर अपमा साहिशा सापकोटा घोषित भइन् । मिस्टर टिनतर्फ आयुष पाण्डेले उपाधि जिते । फष्ट रनर अपमा दिवस अधिकारी र सेकेन्ड रनर अपमा सुशन जोशी विजयी भए ।

विजेताले नगर रु १५ हजार र साइकल उपहार प्राप्त गरे । फष्ट रनर अपले रु १० हजार र सेकेन्ड रनर अपले रु पाँच हजार पुरस्कार पाए । उनीहरुलाई मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो ।

होलिडेज क्रियशन होमको आयोजनामा भएको उक्त प्रतिस्पर्धामा ८६ जना सहभागीमध्ये ४८ जना प्रशिक्षणमा सहभागी भएका कार्यक्रम संयोजक नारायण ढकालले बताउनुभयो । त्यसमध्ये ३२ जना फाइनलमा सहभागी थिए ।

सानो उमेर (७–१२ वर्ष)का एक समूह च्याम्प चितवनमा र ठूला उमेर (१३–१६ वर्ष) का मिष्टर एण्ड मिस टिन प्रतिस्पर्धामा थिए । प्रशिक्षक एवं च्याम्प चितवनकी आयोजक प्रतिनिधि लक्ष्मी पन्तले बालबालिकाको प्रतिभा प्रष्फुटनका लागि कार्यक्रम गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् स् दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com