ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिकालाई साढे दुई लाखको छात्रवृत्ति


एबीसी न्यूज

 

 

चितवन, १० वैशाख ।  दक्षिण चितवनको माडीस्थित पाण्डवनगरको सुकुम्वासी बस्तीका बोटे, माझीलाई रु दुई लाख ४० हजार बराबरको छात्रवृत्ति सहयोग गरिएको छ ।

लायन्स क्लब अफ चितवन सौराहाको संयोजनमा यहाँका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति सहयोग गरिएको हो । छात्रवृत्तिका लागि अमेरिकन नागरिकले आर्थिक सहयोग गरेका थिए ।

आठ जना बालबालिकालाई पोषाकसहित एक वर्षलाई पुग्ने स्टेशनरीलगायत सामग्री वितरण गरिएको लायन्स क्लब अफ चितवन सौराहाको वर्ष २०१८\१९ का अध्यक्ष अरुण रिजालले जानकारी दिनुभयो ।

यसरी सहयोग गर्ने अमेरिकन नागरिकमा डेविट किन्सले, रिचर्ड तथा बब एण्ड केटी र स्टिभ एण्ड जोन दम्पती रहेका थिए । सोही क्रममा स्कूल जान प्रेरित गर्ने उद्देश्यले ३० जनाभन्दा बढी बालबालिकालाई समेत स्टेशनरी सहयोग गरिएको सौराहा लायन्सकी सदस्य सानी रिजालले जानकारी दिनुभयो ।

यता चितवन समाज जापानद्वारा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत बिरामीलाई आइतबार रु ४० हजार आर्थिक सहयोग गरिएको छ । विपन्न परिवारकी क्यान्सर रोगी आकृति थापालाई सो रकम हस्तान्तरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर रहेको जानकारी आएपछि जापानमा बस्ने नेपालीबाट सहयोग संकलन गरी पठाएको रकम सहयोग गरिएको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

समितिले यसअघि पनि विभिन्न क्षेत्रमा असहाय, बिरामीलाई रकम संकलन गरेर लाखौँको सहयोग गर्दै आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com