
काठमाडौं , ७ वैशाख । पार्टी एकताको विषय टुंग्याउने विषयमा आज शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
पार्टी एकता संयोजन समितिले बुझाएको प्रतिवेदनमाथि दुई नेताले छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल निश्कर्षमा नपुगेकाले शनिबार पनि छलफल हुने दुई नेता निकट स्रोतले जानकारी दिएको छ ।
दुई नेताले पार्टी एकताकाअघि आपसी अविश्वास हटाउनका लागि छलफल गरिरहेका छन् । उनीहरुबीच बिहीबार पनि छलफल भएको थियो र शनिबार पनि छलफल गर्दैछन् ।







प्रतिक्रिया दिनुहोस्