ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐतिहासिक जितगढी किल्लामा विजयउत्सव सम्पन्न


admin

बुटवल, ७ वैशाख । बुटवलमा ऐतिहासिक जितगढी किल्लामा विजय उत्सव दिवस मनाइएको छ ।

नेपाली फौजले अंग्रेज फौजलाई हराएको २०३ वर्ष पुरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले पहिलोपटक जितगढी विजय उत्सव दिवस मनाउन थालेको हो ।

वि.सं.१८७१ पुस महिनामा सुरु भएको युद्ध १८७२ बैशाख ७ गते नेपाली सेनाले विजय प्राप्त गर्दे टु¨िएको थियो । विजय उत्सव दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले ऐतिहासिक महत्वको सम्पदा संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेले पुर्व पश्चिम राजमार्गबाटै जितगढी किल्ला स्पष्ट देखिने गरी अतिक्रमण गरी बनेका संरचनाहरु हटाउन बुटवल उपमहानगरपालिकालाई निर्देशन समेत दिनुभयो ।

समारोहमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेश सभा सांसद बलदेव शर्मा पोखरेल, भोजप्रसाद श्रेष्ठ लगायतले बिगतका सरकारले जितगढीको महत्वलाई बुझ्न नसकेको चर्चा गरेका थिए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जितगढी ऐतिहासिक र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भएकाले जितगढीलाई युद्ध संग्रालय बनाईने जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली सेनाको टुकडीले तोप पड्काउंदै कर्णेल उजिरसिंह थापा सहित राष्ट्रिय झण्डालाई सलामी अर्पण गरेको थियो ।

नेपाली सेनाको न्याउली बाजा, बैण्ड, नेपाल प्रहरीको बैण्ड तथा बिभिन्न जाती जनजाती, धर्म सम्प्रदाय तथा सर्वसाधारणको ठूलो संख्यामा -याली समेत निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com