काठमाडौं, ७ वैशाख । नागरिक लगानी कोषले २३ करोड ७२ लाख ७३ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित २२ औं साधारण सभामा आर्थिक वर्ष २०७२/०७३ मा कोषले २३ करोड ७२ लाख ७३ हजार मुनाफा आर्जन सफल भएको जानकारी गराइएको हो ।
कोषका अध्यक्ष महाश्रम शर्माले आर्थिक वर्ष २०७३/०७४ को आषाढ मसान्तसम्ममा कोष संकलन उच्च दरमा भएको बताउनुभयो । अध्यक्ष शर्माले आर्थिक वर्ष २०७२/०७३ मा ८२ अर्व २७ करोड ९१ लाख पुगेको कोष संकलन आर्थिक वर्ष २०७३/०७४ मा १३ दशमलव ६९ प्रतिशतले वृद्धि भई ९३ अर्व ५४ करोड ५१ लाख पुगेको बताउनुभयो ।
कोषले बचत कार्यक्रमको दायरा अन्तराष्ट्रियस्तरमा समेत विस्तार गरी विदेशस्थित नेपाली कामदारहरुलाई सामूहिक लगानी कोष कार्यक्रममा सहभागी गराउन दक्षिण कोरियामा नागरिक एकांक योजना संचालन गरिएको जनाएको छ ।
कोषले सेयरधनीहरुलाई दिने आवास कर्जाको सीमा बढाई ४० लाख पु-याएको छ भने शैक्षिक कर्जा ३५ लाखसम्म प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्