ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ वर्षको अवसरमा तमु धिँ जापानबाट फुटसलको आयोजना


admin
बैशाख ६, २०७५ बिहीबार  १२ : ५१ बजे

टोकियो । तमु धिँ जापानले नेपाली नयाँ वर्षको उपलक्ष्यमा अप्रिल १५ तारिखका दिन जापानको टोकियोमा एक दिने फुटसल खेलको आयोजना गरेको छ ।

‘स्वास्थ्य, रास्ट्र र मेलमिलापका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना गरिएको फुटसलमा फुकूओका, नागोया, ओकिनावाबाट ३२ टिमको सहभागिता थियो । फुटसल रनिङ शिल्डमा नेपाल युनाइटेड ३–० ले नतिजा आफ्नो हातमा पार्न सफल भयो । प्रथम युनाइटेडले ५ लाख ११ हजार १११ येनसहित मेडल, सम्मान पत्र ,शिल्ड प्राप्त ग¥यो ।

त्यसैगरी गोर्खे फुटबल क्लब दोस्रो भयो । गोर्खेले २ लाख ११ हजार १११ येन हात पा¥यो भने राइजिङ नेपालले तेस्रोमै चित्त बिझाउनु पर्यो । उसले एक लाख ११ हजार १११ येन पायो । राइजिङ लगातार दुई पटकको विजेता हो । सो खेलमा नेपाल युनाइटेड क्लबका खेलाडी रितन श्रेष्ठ उत्कृष्ट भए ।

आयोजक तमु धिँले सो अवसरमा नेपाली फुटबलका राष्ट्रिय टिमका प्रशिक्षक ग्योतोकु कोजीलाई तमु परम्पराअनुसार फेटा र भांग्रा लगाइ सम्मान गरेको थियो ।

बिजेता टोलीहरुलाई संस्थाका निवर्तमान अध्यक्ष श्री गुरुङ, पुर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन, धिँका संरक्षक हर्क गुरुङ र धिँका अध्यक्ष अनिता गुरुङले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष अध्यक्ष अनिता गुरुङले खेलकुद कार्यक्रमबाट भाइचाराको सम्वन्ध थप प्रगाढ भएको बताए । आगामी दिनमा कार्यक्रमलाई थप व्यवस्थित र उत्कृटता दिँदै निरन्तरता दिने अध्यक्ष गुरुङको भनाइ थियो । कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैमा अध्यक्ष गुरुङले धन्यवाद दिए ।

सो कार्यक्रमका लागि करिब १५ लाख येन खर्च भएको छ । कार्यक्रमको सञ्चालन महासचिव चित्र गुरुङले गरेका थिए । कार्यक्रममा दर्शकको पनि भव्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com