ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुकबाट छिटो हटाउनुस् यी ९ कुरा, नत्र पछुताउनपर्ला


एबीसी न्यूज

A man poses with a magnifier in front of a Facebook logo on display in this illustration taken in Sarajevo, Bosnia and Herzegovina, December 16, 2015. Facebook Inc said on Wednesday it is testing a service that will allow users of its Messenger app to hail Uber rides directly from the app, without leaving a conversation or downloading the ride-hailing app. REUTERS/Dado Ruvic TPX IMAGES OF THE DAY

काठमाडौं, ४ वैशाख। हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । यतिमात्रै होइन हालै फेसबुक डाटा लीक भएको घटनाले तपाईंको गोपनियता पनि झन् खतरामा पारेको छ ।

९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी सेटिङमा परिवर्तन गरेका छन् ।

यद्यपि फेसबुकले प्रयोगकर्ताको गोपनियतालाई अझै मजबुत बनाउने कामको सुरुआत गरिसकेको दावी गरेको छ । तर, तपाईं आफ्नो फेसबुक सुरक्षित राख्न चाहनुहुन्छ भने फेसबुकबाट यी ९ चिज तुरुन्त डिलिट गरिहाल्नुस् ।

१। धेरै जना फेसबुकमा आफ्नो जन्मदिन सबैले हेर्न मिल्ने गरी राखेका हुन्छन् । तर तपाईंको जन्मदिन अन्य महत्वपूर्ण स्थानमा र डकुमेन्टमा पनि उल्लेख गरिएको हुन्छ । यसमार्फत तपार्ईंको बैंक अकाउन्ट र व्यक्तिगत पूरा विवरण जस्ता चिजमा सजिलै पहुँच पुर्‍याउन सकिन्छ ।

२। फेसबुकमा धेरै जनाले राख्ने अर्को चिज भनेको आफ्नो फोन नम्बर अर्थात् मोबाइल नम्बर हो । तर, मोबाइलन नम्बर सबैले देख्न मिल्ने गरी राख्नु राम्रो हुँदैन । यसमार्फत पनि तपाईंको व्यक्तिगत विवरणसम्म पहुँच पुर्‍याउन सकिन्छ । किनकि मोबाइल नम्बर पनि कयौं महत्वपूर्ण डकुमेन्टहरुमा उल्लेख गरिएको हुन्छ । साथै फोन नम्बरबाट तपाईं कुन स्थानमा हुनुहुन्छ भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ ।

३। फेसबुकमा जो मनलाग्यो त्यसलाई साथी बनाउने कामबाट पनि जोगिनु जरुरी छ । कतिपयले साथीहरुको संख्या धेरै देखाउनका लागि जसलाई पनि फ्रेन्ड रिक्वेस्ट पठाउने र रिक्वेस्ट आएमा एसेप्ट गर्ने गर्दछन् । फेसबुकमा भएको चिनजानको आधारमा विश्वास गर्दा कतिपयले आफ्नो पासवर्ड आदान प्रदान गर्छन् । पछि दुरुपयोग भएको जानकारी पाएपछि प्रहरीकोमा हारगुहार गर्न जान्छन् । त्यतिमात्रै होइन फेसबुकको निकटताले आपराधिक घटना भएका उदाहरण पनि छन् । त्यसैले राम्रोसँग नचिनेका व्यक्तिहरुसँग साथी नबन्दा नै बेस हुन्छ । किनकि तपाईंलाई कसैले व्यक्तिगत स्वार्थ पूर्तिका लागि पनि फ्रेन्ड रिक्वेस्ट पठाएको हुनसक्छ । त्यसैले जसलाई मनलाग्यो उसलाई साथी बनाउनु एकदमै खतरा हुन्छ । फेसबुक फ्रेन्ड बनाउने बेला निकै सावधानी अपनाउनु पर्दछ ।

४। फेसबुकमा धेरैले आफ्ना साना बालबच्चाका वा किशोरावस्थामा पुगेका परिवारका सदस्यहरुको तस्वीर राखिरहेका हुन्छन् । यसो गर्नु पनि खतरनाक हुनसक्छ । यदि अझै पनि फेसबुकमा यस्ता फोटा छन् भने हटाइदिनु नै राम्रो हुन्छ । किनकि यसमार्फत् अज्ञात व्यक्तिले तपाईंको पूरै परिवारकोबारेमा जानकारी लिनसक्छ र यसको गलत प्रयोग पनि गर्न सक्छ ।

५। धेरै व्यक्तिहरुले कुनै स्टाटस वा फोटोसँगै आफ्नो लोकेसन पनि राखेका हुन्छन् । कतिपयले त घरभित्रै बसिरहेको बेलामा पनि लोकेसन ट्याग गरेका हुन्छन् । यसबाट धेरैलाई थाहा हुन्छ कि तपाईं अहिले कहाँ हुनुहुँदो रहेछ भन्ने कुरा । यसो गर्दा अज्ञात व्यक्तिहरुले पनि तपाईंको घर कहाँ छ भन्ने कुरा वा तपाईं अहिले कुन ठाउँमा हुनुहुन्छ भन्ने कुरा थाहा पाउँछन् ।

६। कतिपयले त कतै घुम्न जाने बेला घरबाट निस्किएकोदेखि लिएर अहिले कहाँ कहाँ पुगिएको छ भन्ने कुराको समेत जानकारी पलपलमा अपडेट गरेर जानकारी दिइरहेका हुन्छन् । तपाईंको यो बानीले कुनै अपराधिक तत्वलाई तपाईंमाथि आक्रमण गर्ने वा क्षति पुर्‍याउने मौका दिइरहेको हुनसक्छ । आजभोलि त केही बीमा कम्पनीहरुले पनि यस विषयलाई गम्भीरताका साथ लिन थालेका छन् । कुनै व्यक्तिले सामाजिक सन्जालमा आफ्नो होलिडेको पूरै प्लान पोस्ट गरेको छ भने उनीहरुको इन्स्योरेन्स क्लेमलाई रिजेक्ट गर्न थालिएको छ ।

७। धेरैजनाले फेसबुकमा आफ्नो बोर्डिङ पास सेयर गरेका हुन्छन् । तपाईंले ख्याल गर्नु भएको छ कि छैन, बोर्डिङ पासमा बार कोड राखिएको हुन्छ । यो बार कोडमा तपाईंको बारेमा विस्तृत विवरण हुन्छ जसबाट पूरै जानकारी लिन सकिन्छ । यसलाई प्रयोग गरेर एयरलाइन्स कम्पनीबाट तपाईंको बारेमा पूरै जानकारी निकाल्न सकिन्छ ।

८। कुनै पनि स्थितिमा आफ्नो क्रेडिट कार्डको डिटेल्स फेसबुकमा सेयर नगर्नुहोस् । डाटा लीक हुँदा तपाईंको क्रेडिट कार्डको पूरै डिटेल्स सेयर हुनसक्छ । विदेशमा यस्ता एक दुई घटना भइसकेका छन् । फेसबुक आफैले पनि यसबारेमा प्रयोगकर्तालाई सचेत गराइसकेको छ । म्यासेन्जरमा पनि कसैलाई पनि क्रेडिट कार्डको डिटेल्स नदिनु नै राम्रो हुन्छ ।

९। यदि तपाईं नयाँ सम्बन्धको खुसी साट्न चाहानुहुन्छ भने फेसबुकमा रिलेसनशीप स्टाटस अपडेट नगर्नुहोस् । पछि यदि रिलेसनशीप स्टाटस सिंगल गरियो भने तपाईंलाई समस्या पनि पर्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com