ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तमु समाज युके पाँचौ महाधिवेशनको तयारीमा


admin

लण्डन । तमु समाज युकेले ११औं वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेसनको तयारी गरेको छ । कम्युनिटी सेन्टर ६ अप्रिल २०१८ का दिन समाजका अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले साधारणसभा तथा महाधिवेसनको तयारी गरेको हो ।

समाजका महासचिब ज्ञानबहादुर गुरुङले सन्चालन गरेको बैठकमा समाजको आगामी ६ मे २०१८ तारिख तय गरिएको बार्षिक साधारणसभा तथा पाँचौ महाधिवेशन सम्बन्धी बिभिन्न महत्वपुर्ण विषयहरुमा छलफल गरिएको थियो ।

समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङ लगायत सल्लाहकारहरु, जेष्ठ नागरिक लगायत समाजका बिभिन्न पदाधिकारीहरुको ऊपस्थिति रहेको उक्त बैठकमा समाजका कोषाध्यक्ष उदय गुरुङले समाजको आर्थिक आय तथा व्ययको बिवरण प्रस्तुत गरेको थियो । बैठकमा समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङले तमु समाज युके नमुनाको रुपमा रहेको भन्दै बेलायतमा नेपाली तमु समुदायको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले अझै तमु कला, पहिचान र संस्कृतीलाई जोगाइ राख्नको निम्ति सबैलाई आब्हान गर्दै तमु समाज युकेको बार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशन सफलताको शुभकामना दिनुभयो ।

यसै क्रममा समाजको सामाजिक भवनको संयोजक सल्लाहकार बाबु राम गुरुङ, सल्लाहकार यम गुरुङ र सलाहकार इमान घलेलाई समाज घरका लागि दिनुभएको योगदानको लागि धन्यवाद दिनुभएको थियो । तमु समाज युकेको भवन खरिद परियोजना संयोजक तथा सल्लाहकार सुबासिंह गुरुङ (बिईम)ले पनि वहाँहरुको योगदानको प्रशंसा गर्नुभएको थियो ।

बार्षिक साधारणसभा तथा पाँचौ महाधिवेशनको वार्षिक प्रतिबेदन तयार गर्न महासचिव ज्ञान गुरुङ्, बिधान संशोधनको मस्योदा प्रस्तुत गर्न अध्यक्ष अर्जुन कुमार गुरुङ्, आर्थिक प्रतिबेदन प्रस्तुत गर्न कोषाध्यक्ष उदय गुरुङ, आमा समुहको प्रतिबेदन प्रस्तुत गर्न आमा समुहका अध्यक्ष श्रीमती माया गुरुङ, युबा समुहका प्रतिवेदन अध्यक्ष ओमकार गुरुङलाई प्रस्तुत गर्न जिम्मा दिएको छ । सबै किसिमको समानहरुको ब्यबस्था संयोजक केदार बहादुर गुरुङलाई जिम्मा दिएको छ भने खानाको जिम्मा हरिमन गुरुङलाई दिएको छ ।

पाँचौ महाधिवेशनबाट कार्यसमीति चयन गर्नका लागि शिबशरण गुरुङको संयोजकत्वमा सचिब सल्लाहकार ले. थम प्रसाद गुरुङ, सदस्य सल्लाहकार बाबु राम गुरुङ रहेको निर्बाचन समिती गठन गरिएको छ ।

निर्वाचन कार्यक्रमको तालिका–
मिति ः ५ मे २०१८
१. मतदाता नामावली प्रकाशन समयः१३०० बजे
२. उम्मेदवारीको नाम दर्ता समयः १४०० बजे
३. उम्मेदवारी नामावली प्रकाशन समयः १४ः३०–१४ः४५ बजे
४. उम्मेदवारी तथा मतदाताको नामावलीमा दावी र बिरोध समयः १४ः४५–१५ः०० बजे
५. उम्मेदवारीको मनोनयन फिर्ता समयः १५ः००–१५ः१५ बजेसम्म

मितिः ६ मे २०१८
६. अन्तिम मतदाता नामावली प्रकाशनः १४ः०० बजे
७. उम्मेदवार अन्तिम नामावली प्रकाशन समयः १५ः००–१६ः०० बजे सम्म
८. मतदान गर्ने समयः १६ः००–१७ः०० बजेसम्म
९. मतगणनाः १७ः०० बजेदेखि मत गणना पुरा नभएसम्म
१०. उम्मेदवारीको मत परिणाम घोषणाः मत गणना समाप्त हुने बित्तिकै

११औ बार्षिक साधारणसभा तथा पाँचौ महाधिवेशनपछि सोही दिन हुने तमु समाज युके पाँचौ कार्यकारिणी समितिको निर्वाचनमा सहभागी भई तमुहरुको यस साझा सगंठनलाई सुदृढ र समृद्ध गर्ने कार्यमा सहयोग तथा योगदान गरिदिनुहुन तमु समाज युकेका सम्पूर्ण सदस्यहरुमा हार्दिक अनुरोध गरेको छ । यसै क्रममा पाँचौ कार्यकारिणी समितीको निर्वाचनको सुचना इमेल, पत्रपत्रिका र भाइबर ग्रुपमा दिने निदो गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा १ करोड सहयोगको घोषणा

बिहुँकोट हेल्प नेटवर्क यूकेको साधारण सभा :नयाँ कार्यसमिति अध्यक्षमा शिव कँडेल

समाजसेवी सुष्मा गुरुङ ‘इम्प्लोइ अफ द इयर २०२३’ बाट पुरस्कृत

मलेसियामा भारत र चीनका नागरिक भिसाबिनै प्रवेश पाउने

कियाचु अमेरिकाले मनायो बलिहाङ तङनाम

एकपटक काटेको गाँजबाट पुनः धान उत्पादन गर्न चीनलाई सफलता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com