ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन महिनामा तीन लाख पर्यटक भित्रिए


admin

काठमाडौं , ३ बैशाख । सन् २०१८ को तीन महिनामा विभिन्न मुलुकबाट हवाईमार्ग हुँदै करीब तीन लाख पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार जनवरी, फेब्रुअरी र मार्चमा दुई लाख ८६ हजार ८८२ पर्यटक नेपाल आए ।

सबैभन्दा बढी चीनबाट ४० हजार पर्यटक आएका छन् । भारतबाट ३४ हजार पर्यटक नेपाल आएका छन् । यो सन् २०१७ को पहिलो तीन महिनाको तुलनामा ११.४ प्रतिशतले बढी हो ।

वर्षको शुरुवातमा पर्यटकको उल्लेख्य आगमनले पर्यटनमा थप उत्साह जगाएको हानका महासचिव शाहले बताउनुभयो । पदयात्रा र पर्वतारोहणको मुख्य याममा अहिले उल्लेख्य संख्यामा आरोही तथा पदयात्री विभिन्न मुलुकबाट आएका छन् । यस याममा पनि ६० प्रतिशतभन्दा बढी होटल बुकिङ रहेको र यो अझै बढ्ने महासचिव शाहको भनाइ छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल वर्ष २०७४ पर्यटक आगमनका हिसाबले सफल मानिए पनि अझै गुणस्तरीय पर्यटक भित्र्याउन पूर्वाधार विकास र प्रवद्र्धनका कामलाई तीव्रता दिनुपर्ने खाँचो औँल्याउनुहुन्छ । विसं २०७४ को शुरुवाती चरणमा बढेको पर्यटकको संख्या र स्थिर सरकार गठनपछि देखिएको उत्साहले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने तथा २०७५ सालमा ठूलो संख्यामा पर्यटक भित्रने अनुमान गरिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com